कांग्रेसले खाेल्याे जितकाे खाता, मुस्ताङबाट २८ वर्षीय युवा याेगेश प्रतिनिधि सभामा निर्बाचित

समाधान संवाददाता २०७९ मंसिर ५ गते १०:४२

पोखरा ।

प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले पहिलाे जित हात पारेकाे छ। याे निर्बाचन क्षेत्रबाट नेपाली कांग्रेसका याेगेश गाैचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । 

Advertisement

प्रेम तुलाचन निवर्तमान साँसद हुन् । विजयी याेगेश २८ वर्षीय युवा हुन् । उनी पूर्व मन्त्री राेमी गाैचनका छाेरा हुन् ।

०७४ काे निर्बाचनमा तुलाचनले राेमी गाैचन अर्थात अहिले विजयी भएका याेगेशका पितालाई पराजित गरेका थिए । लामाे समयदेखि मुस्ताङमा एक छत्र राज गरेका राेमीलाई प्रेमले पराजित गरेका थिए । जसकाे वदला उनका छाेराले लिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया