कास्की २ मा गठबन्धनका उम्मेदवार बराल तेस्रो

समाधान संवाददाता २०७९ मंसिर ८ गते १५:३८

पोखरा ।

कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल तेस्रो भएका छन् । कास्की २ को अन्तिम नतिजा आउँदा गठबन्धनका उम्मेदवार बराल तेस्रो नम्बरमा रहेका हुन् ।

बराललाई एमालेकी विद्या भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले पछि पारे । सो क्षेत्रमा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी हुन् । विद्याले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कंडेलले १२ हजार ४ सय ९५ मत गर्दा श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

Advertisement

कास्की १ का रहेका बराल गठबन्धन गर्दा कास्की २ एकीकृत समाजवादीलाई परेपछि कास्की २ बाट उम्मेदवार बनेका थिए । सोही क्षेत्र पर्ने पोखरा महानगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा निर्वाचित भएका थिए । एकीकृत समाजवादी एमालेबाट छुट्टिएर माधन नेपालले दर्ता गरेको पार्टी हो ।

Advertisement

तपाईको प्रतिक्रिया