एभरेस्ट एफएमको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ मंसिर ११ गते १०:४३

पोखरा ।
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले मानव सेवा आश्रम पोखरा २५ हेमजामा एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोस्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो ।

आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा ५ लाखमध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका पोखरा प्रमुख होमनाथ तिमिल्सिनालाई सो रकम हस्तान्तरण गरेकी हुन् ।

यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ मा पनि रेडियोले आश्रमलाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो । एफएमले दोस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ । कार्यक्रममा एफएमका प्राविधिक प्रमुख पञ्चसुबा गुरुङ (दीलु) बेस्ट स्टाफ अफ दि इयर घोषित भए ।

Advertisement

उनलाई नगद रकम १५ हजार ६ सय ७५ रुपैयाँसहित दोक्ष्सल्ला, माला र सम्मानपत्रले सम्मानित गरिएको छ । एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले रेडियोको परोपकारी कामबाट प्रभावित भई मानव सेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गरिदिने घोषणा गरेका छन् । उनले त्यसका लागि ५ लाख ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरेका हुन् ।

पोखरा २५ हेमजा बाबियातरामा सञ्चालित आश्रमको अहिले भवन निर्माणाधीन छ । आश्रमको भवन निर्माण गर्न पुस १२ गते नेपथ्य लाईभ कन्सर्ट हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया