पोखरामा सातौं पर्वतीय महोत्सव हुने

समाधान संवाददाता २०७९ मंसिर १३ गते १७:५७

पोखरा ।
पोखरामा मंसिर २५ गते अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । पर्वतीय क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले महोत्सव नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालयमा महोत्सव गर्न लागेको हो ।

पर्वतीय क्षेत्रको बारेमा जानकारी दिने, पर्वतीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आर्थिकस्तरमा सहयोग पुर्‍याउने तथा जन–जीविका प्रस्तुत गर्ने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सवका संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए । ‘पर्वतीय क्षेत्रमा बसोबास गर्ने महिलाको आर्थिकस्तर उकास्ने हाम्रो मुख्य उद्धेश्य हो’ पाण्डेले भने, यसवर्षको महोत्सवको नारा नै ‘वुमन मूभ माउन्टेन्स’ रहेको छ ।’ महिलालाई आर्थिक रुपमा आफैंमा निर्भर बनाउन सकेमा पर्यटन उद्योगलाई प्रमुख आर्थिक क्षेत्रको रुपमा स्थापित गर्न सकिने पाण्डेको भनाई छ ।

सगरमाथा आधार शिविर व्यवस्थापन सम्बन्धि अन्तक्र्रिया गरिने संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरले बताए । महोत्सवले नेपालको पर्वतीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने उनको विश्वास छ ।

Advertisement

महोत्सवमा मौलिक रुपमा खेलिने छेलो (ढुंगा) हान्ने, धनुष बाण महोत्सवमा राखिएको सिन्दुकरले जानकारी दिए । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको प्रदर्शनी, चित्रकला प्रतियोगीता र बाल क्लाइम्बिड अन्र्तगत बोल्डरिड खेल समेत समावेश गरिएको छ ।

महोत्सव सम्पन्न गर्न तीस लाख लाग्ने आयोजकले बताएको छ । प्रवेश निशुल्क गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया