मुस्ताङमा शिशुको शव फेला

समाधान संवाददाता २०७९ मंसिर १४ गते १२:१६

जोमसोम ।
मुस्ताङमा नवजात शिशुको शव फेला परेको छ । जिल्ला अदालत मुस्ताङको पछाडि शिशुको शव सोमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको घरपझोङ ४ जोमसोम स्थित जिल्ला अदालतपछि शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए ।

‘शिशुको छातीदेखि तलको भाग छैन,’ प्रहरी निरीक्षक तामाङले भने,’ कुकुरले शिशुको खाईरहेको थियो भन्ने प्रत्यक्षदर्शीले बताएका छन्, हामीले आधा शव जिल्ला अस्पताल जोमसोममा पोस्ट मार्टमका लागि पठाएका छौं ।’

Advertisement

शिशुको शव कसरी कुकुरले खाँदै त्यहाँ लग्यो भन्ने बिषयमा आवश्यक अनुसन्धान सुरु भइसकेको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया