सांसद दीपक मनाङे एकीकृत समाजवादी प्रवेश

समाधान संवाददाता २०७९ मंसिर १९ गते १८:१९

पोखरा ।
मनाङ (२) बाट गण्डकी प्रदेश सभामा निर्विरोध निर्वाचित दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरेका छन् । उनलाई एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

अघिल्लो पटक स्वतन्त्र रुपमा चुनाव लडेर गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएको मनाङे मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठबन्धन र एमाले दुवैको समर्थनमा निर्वारोध निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेशका खेलकुद मन्त्री छन् ।

Advertisement

तपाईको प्रतिक्रिया