रिभेन्ज लभको ट्रेलर सार्वजनिक

समाधान संवाददाता २०७९ मंसिर २८ गते ११:४०

पोखरा ।
निर्देशक मन्दीप रानाको तेस्रो फिल्म रिभेन्ज लभको ट्रेलर सार्वजनिक भएको छ । यसमा केही नयाँ र पुराना कलाकारको अभिनय देख्न पाइनेछ । प्रेममा बदला र समर्पणको कथावस्तु रहेको निर्देशक राना बताउँछन ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्ममा एक्सन, कोरियोग्राफि र निर्देशन मन्दिप रानाको छ । गीत नवीन घताने, संगीत देशभक्त सिंह कुँवर, स्वर रजनी राई र विजय कुमारको छ ।

मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ । फिल्मका निर्माता नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन को छ भने सहनिर्मातामा विजय कुमार, गीत सुनार र लक्ष्मी सुनार छन् ।

Advertisement

चलचित्रका मुख्य कलाकारमा नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका छन् ।

भिडियो श्याम शुक्लाको युटुब च्यानलबाट सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट पुस १५ ल्होसारका दिन तोकिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया