वारागुङका गर्भवती महिलालाई भिडियो एक्सरे सुविधा

समाधान संवाददाता २०७९ पुष ७ गते १७:२०
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा गर्भवती महिलाको भिडियो एक्सरे तथा ल्याव सेवा शुभारम्भका केही फोटोहरु । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम– हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पहिलो पटक ग्रामिण भेंकका गर्भवती महिलालाई प्रसुती सम्वन्धि भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा संञ्चालनमा ल्याईएको छ । यसका साथै पालिकाले विभिन्न किसिमको स्वास्थ्य परीक्षण गर्न ल्याव सेवा समेत संञ्चालनमा ल्याईएको हो ।

वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य चौकीमा सुभारम्भ भएको गर्भवती महिलाको भिडियो एक्सरे तथा ल्याव सेवाको जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङ,प्रजिअ नेत्रप्रसाद शर्मा, पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले अलग \अलग उद्घाटन गरे । उनीहरुले कागबेनी स्वास्थ्य स्वास्थ्यमा संञ्चालनमा ल्याएको भिडियो एक्सरे र ल्याव कक्षको निरीक्षण गरेका थिए । निरीक्षणमा स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बोहोराले सहजीकरण गरे ।

जिसस प्रमुख माया गुरुङले चेतनाको विकास र प्रविधिमा रुपान्तरित स्वास्थ्य सेवाले महिलाहरुको मातृमृत्युदरलाई न्यूनिकरण गर्न टेवा पुग्ने बताईन् । पालिकामा संञ्चालनमा आएको स्वास्थ्य सेवालाई व्यवस्थापन र दिगो बनाउँन चुनौती रहेकाले यसको समुचित व्यवस्थापन गर्नपर्नेमा जोड दिईन् ।

Advertisement

प्रजिअ नेत्रप्रसाद शर्माले सरकारको आधारभुत स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने लक्ष्य रहेकाले पालिकाहरुले त्यसको अवलम्वन गर्दै अघि बढ्नुपर्ने बताए । गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले पालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गर्भवती महिलाको प्रसुती सेवालाई सहज बनाउन भिडियो एक्सरे तथा ल्याव सेवा एकै साथ संञ्चालनमा ल्याएको जानकारी दिए । यसअधि पालिकामा यसप्रकारको सुविधा नहुँदा ग्रामिण भेंकका महिलालाई सास्ती हुँने गरेमा सेवा विस्तार विस्तारपछि सबै पालिकाबासी यसबाट लाभान्वित हुँने अपेक्षा गरे ।

उपाध्यक्ष ढिकी गुरुङले पालिकाले दिने सेवालाई अझै बृहत र भरपर्दो बनाई नागरिकको सेवामा समर्पित हुन पालिका कटिबद्ध रहेको बताईन् । सेवा प्रवाहमा भाषिक चुनौती हुनसक्ने भएकाले स्वास्थ्यकर्मीलाई समुचित सहजीकरण गर्न आवश्यक भएको तर्क पेश गरिन् ।

Advertisement

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कागबेनी स्वास्थ्य स्वास्थ्यबाट बिहिबार भिडियो एक्सरे तथा ल्याव सेवा एकै साथ संञ्चालनमा ल्याएको हो । गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दैआईरहेको छ । गाउँपालिकाले ग्रामिण भेंकका महिलालाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गरी प्रसुती सेवालाई सरल, सहज,भरपर्दो र सेवामैत्री बनाउन गर्भवती पालिकाका भित्रका महिलालाई लक्षित गरी ग्रामिण भिडियो एक्सरे सेवा संञ्चालनमा ल्याएको हो ।

पालिकाले यो सुविधासंगै ल्याव सेवा सुरु गरेसंगै स्थानीय महिला तथा स्वास्थ्य सेवाग्राहीहरु उत्साहित भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गापाले गत आर्थिक वर्ष विनियोजित १५ लाख बजेटले ‘भिडियो एक्सरे’ उपकरण खरिद गरी सेवा संञ्चालनमा ल्याएको हो ।

यसअघि गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रको समन्वयमा पालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा भएको २१ दिने भिडियो एक्सरे सम्वन्धि तालिममा पठाएको थियो । पालिकाले भिडियो एक्सरे संञ्चालन गर्ने स्वास्थ्यकर्मीको व्यवस्थापनपछि यो सेवा सुरु गरेको हो ।

भौगोलिक रुपले विकट वारागुङ मुक्तिक्षेत्रका ग्रामिण भेंकका महिलालाई यातायातको असुविधाको कारण स्वास्थ्य स्वास्थ्यमा जान नसकेको अवस्थामा घरमै गएर भिडियो एक्सरे सेवा प्रदान गर्न सकिने स्वास्थ्य संयोजक बोहराले बताए । यसअघि सदरमुकाम जोमसोम पुगेर प्राप्त गर्न सकिने यो सुविधा अब पालिकाको स्वास्थ्य शाखाबाटै उपलब्ध हुँने भएपछि सेवाग्राही महिलाहरुलाई आर्थिक भार कम हुँने र मुकाम अस्पतालसम्म धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

यसैगरी वारागुङ मुक्तिक्षेत्रले पालिकामा ल्याव सेवा संञ्चालन गर्न चालुवर्षको बजेटबाट ११ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । ल्यावका लागि उपकरण खरिदमा ल्याव टेस्ट गर्ने उपकरण खरिद गरेको छ भने ४ लाख ५० हजार जनशक्ति व्यवस्थापनमा छुट्याएको छ ।

ल्यावका लागि एकजना स्वास्थ्यकर्मी करारमा नियुक्ती गरिएको पालिकाले जनाएको छ । पालिकाले ल्यावमा सिबिआर,ब्लड ग्रुप,सुगर,युरिक एसिड,जण्डिस,बाथ, एच.आई.भी.,हेपाटाईटिस, दिशा र पिसाप लगायतका ३६ किसिमको ल्याव परीक्षण हुने बताएको छ ।

मुस्ताङको ५ स्थानीय मध्ये थासाङ गापाको लेते प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल जोमसोममा मात्र सीमित रहेको यो सुविधा वारागुङ मुक्तिक्षेत्रले पहिलो पटक संञ्चालनमा ल्याएको दावी गरिएको छ । उपल्लो मुस्ताङमा प्रदेश सरकारबाट गर्भबती महिलालाई लक्षित गरी प्रदान गरिएको भिडियो एक्सरे उपकरण जनशक्ति नहुँदा प्रयोगविहिन बनेको छ ।

तपाईको प्रतिक्रिया