सिद्ध पब्लिक कलेजमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०७९ पुष २० गते १५:२१

पोखरा ।
पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । बिबिएस प्रथम बर्षमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतम कार्यक्रमको अध्यक्षमा थिए भने क्याम्पस स्थापनाकालिन समयका तदर्थ समितिका अध्यक्ष एवं समाजसेवी भेषराज गौतम प्रमुख आतिथिमा थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै गौतमले समुदाय स्तरबाट सञ्चालित गैर नाफामुलक क्याम्पसले समुदायको हितलाई नै केन्द्रमा राखेर आगामी दिनहरुमा थप गुणस्तरीय शिक्षामा जोड दिँदै जाने बताए । उनले समयको मागलाई ध्यान दिँदै कम शुल्कमा व्यवहारीक एवं स्तरीय शिक्षामा जोड दिनुनै आफ्नो र क्याम्पसको एकमात्र चाहना रहेकोे बताए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले सिद्ध पब्लिक कलेज वडा भित्रको एकमात्र सामुदायिक कलेज भएको हुनाले यसलाई शैक्षिक एवं भौतिकरुपमा अब्बल बनाउन वडाकातर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कलेज प्रमुख पुनले सिद्ध पब्लिक कलेजलाई प्राविधिक शिक्षातर्फ जोड दिने आफूहरुको योजना रहेको बताए ।

कार्यक्रममा श्री सिद्ध माविका पूर्व प्रधानाध्यापक तथा कलेजका सिनेटर सदस्य शंकर ज्ञवालीले मुक्तक मार्फत कलेजबाट प्राप्त हुनसक्ने सकारात्क उर्जाका बारेमा दर्शाएका थिए । प्रतिभा टोल आमा समुहकी अध्यक्ष भगवती खड्काले क्याम्पसलाई समुदायको सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

Advertisement

विद्यार्थीद्धय अस्मिता गौतम र सोनी पुनले सञ्चालन गरेको कार्यक्रममा विविएस चौथो बर्षकी सञ्चिता भट्टले स्वागत मन्त्व्य राखेकी थिइन् । पूर्व विद्यार्थीकातर्फ एलिसा विक र नव आगन्तुक विद्यार्थीकातर्फबाट विविएस प्रथम वर्षकी रेणु रानाले मन्तव्य राखेका थिए ।

ज्ञानु राई, आशा पुन, सृजना लम्साल, सजना प्रजा, निमा नेपाली, निर्जला मल्ल र आरोही थापा मगरले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेको कलेज प्रमुख भिमराज पुनले जानकारी दिए । कलेजका नयाँ सिनेटर सदस्यलाई कलेजका अध्यक्ष युवा पण्डित गौतम, प्रमुख अतिथी भेषराज गौतम एवं कलेज प्रमुख भिमराज पुनले संयुक्तरुपमा कलेज सिनेटरको प्रमाणपत्र वितरण गरेका थिए ।

नयाँ सिनेटर सदस्यमा तोयनाथ सिग्देल, गुमादेवी बानियाँ, दलबहादुर सुनार, फ्रयाक्ंलिन एजुकेसन कन्सल्टेन्सी, रेणु थापा, शिव गौतम, गोविन्द गौतम, लक्ष्मी गौतम, डिलमाया थापा र निर्मल गिरी रहेका छन् । यससँगै कलेजमा हालसम्म १६४ जना सिनेटर सदस्यहरु रहेका छन् ।

क्याम्पसका पुर्व सञ्चालक समितिका सदस्य शकमान सदाशंकर, कृष्णबहादुर थापा, हरिबहादुर थापा, गोविन्दबहादुर थापा र टोपबहादुर थापालाई सम्मान गरिएको थियो । यस्तै यसै शैक्षिक सत्रदेखि कलेजसँग आवद्ध भएका प्राध्यापक द्धय थपनारायण चापागाईं र आनन्द अधिकारीलाई कलेजकातर्फबाट स्वागत गरिएको थियो ।

कार्यक्रम अध्यक्ष गौतमले विद्या भनेको सबैभन्दा श्रेष्ठ धन भएकोले यो धन आर्जनका लागि विद्यार्थी समेत उत्सुक भईरहनुपर्ने र यसको सहज वातावपरण निर्माणका लागि सिद्ध पब्लिक कलेजमा आवद्ध प्राध्यापक, कलेजका व्यवस्थापक र कलेजसँग हरेक ढंगबाट जोडिएका सबैको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिँदै कार्यक्रमको समापन गरे ।

कार्यक्रममा श्रीष साउण्ड एण्ड भिनजका प्रोप्राइटर एवं कलेजका सिनेटर सदस्य दानबहादुर श्रीषले अडियो भिडियो सौजन्य गरेका थिए । कलेज सिनेटर प्रतिनिधि समेत रहेको फ्रयाक्ंलिन एजुकेसन कन्सल्टेन्सी, पोखरा–१५ खाजा सौजन्य गरेका थिए ।

तपाईको प्रतिक्रिया