पोखरा विमानस्थलको बदनाम गरियोः प्रमुख गौतम

समाधान संवाददाता २०७९ पुष २१ गते १०:३३

पोखरा ।
शौचालयभित्र तोडफोड भएको एउटा फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । फोटोमा शौचालयको टायल तोडफोड गरिएको देख्न सकिन्छ । त्यो फोटोलाई भर्खरै सञ्चालनमा आएको पोखरा विमानस्थल भित्रको शौचालयसँग जोडेर व्यवस्थापन समितिको चर्को आलोचना भइरहेको छ ।

तर, विमानस्थलका प्रमुखले भने आफूहरुलाई बदनाम गर्न यस्तो हर्कत गरिएको दाबी गरेका छन् । ‘विमानस्थलमा अझै पनि केही ठाउँमा मर्मत भइरहेको छ । । नयाँ धारा राख्दै हुनुहुन्छ । त्यो अवस्थामा कसले किन यस्तो भ्रम फैलाइरहेको छ । थाहा छैन,’ उनले भने, त्यो जुन फोटो अहिले भाइरल भइरहेको छ ।

कसरी जोडेर पोखरा विमानस्थलको भनिएको छ । आखिरमा त्यो फोटो भौरहवाको विमानस्थलको पो रहेछ ।’
गौतमले ठूलो संघर्षले विमानस्थल बनेकाले बदनाम अनेक प्रपञ्ज अपनाइएको सुनाए । ‘सबैले विमानस्थलको चर्को विरोध गरेका छन् । राज्यको कसरी राम्रो गर्न सकिन्छ भनेर लागेका छौं,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया