मनिपालमा ह्वाइट कोट सेरेमनी

समाधान संवाददाता २०७९ पुष २६ गते १९:४६

पोखरा ।
पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ह्वाइट कोट सेरेमनी भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो ।

मंगलबार दीपस्थित कलेज प्रांगणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीलाई कोट प्रदान गरे । उनीहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशीलता बन्न उनीहरुको सुझाव छ ।

शिक्षासेवी जर्ज जोनले विद्यार्थीलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह, सुझाव स्वास्थ्य जीवनशैलीका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

Advertisement

पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तर वृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाइ छ ।

मनिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे । कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे ।

Advertisement

कलेजका पहिलो ब्याचका विद्यार्थी डा पदमबहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थी हुनुमा गौरव रहिरहने सुनाए । डा. खड्काले विश्वकै स्वास्थ्य संस्थामा मनिपालबाट उत्तीर्ण विद्यार्थीको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाए ।

सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डा जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया