गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी बिना निर्वाचित

समाधान संवाददाता २०७९ माघ २ गते १४:४९

पोखरा ।
गण्डकी प्रदेश सभाको उपसभामुखमा बिनाकुमारी थापा निर्वाचित भएकी छन्।

नेकपा एमालेबाट गण्डकी प्रदेश सभा सदस्य बनेकी थापा ३२ मतसहित निर्वाचित भएकी हुन्।

प्रदेश सभाको उपसभामुख पदको लागि नेपाली कांग्रेसबाट पार्वति तामाङ पनि उम्मेदवारी दिएकी थिइन् । उनले २६ मत पाइन् ।

Advertisement

साेमबार भएको निर्वाचनमा कुल सदस्यमध्ये ५८ जना मतदानमा सहभागी भएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया