‘पोस्टमार्टमका लागि केन्द्र सरकारको मुख ताक्नुपर्ने कस्तो व्यवस्थाको शासक बनेका छौं ?’

समाधान संवाददाता २०७९ माघ २ गते १५:०३

पोखरा ।
गण्डकी प्रदेश सभाका सदस्य दोर्णकुमार कुँवरले पोस्टमार्टमका लागि केन्द्र सरकारको मुख ताक्नुपरेको भन्दै प्रदेश सरकारको गरिमा र औचित्यमाथि प्रश्न चिन्ह खडा भैरहेको बताएका छन् । आइतबार पाेखरामा भएकाे जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे पोस्टमार्टमकाे विषय औल्याउँदै कुँवरले साे कुरा बताएका हुन् ।

पोस्टमार्टमका लागि केन्द्र सरकारको मुख ताक्नुपर्ने कस्तो व्यवस्थाको शासक बनेका छौं ? भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् ? उनले गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सरकारलाई प्रश्न गर्दै कुँवरले भने, ‘प्रदेश सरकार निरिह बनेको छ । साच्चै प्रदेश सरकारको अधिकार क्षेत्र, भूमिका, दायित्व, जनताप्रतिको उत्तरदायित्व के हो भन्ने प्रश्न उठिरहेको छ । जीबन गुमेर पनि आफ्नो परिवारजनका सदस्यले शव बुझ्न पाउने अवस्था बनिरहेका अवस्था छैन ।’

प्रदेश सरकारले पोस्टमार्टमको जिम्मा लिन नसक्न प्रदेश सरकारको गरिमा र औचित्यमाथि प्रश्न उठेको सांसद कुँवरले सुनाए । उनले भने, ‘पोस्टमार्टम् गर्न पाउनुपर्छ भनेर आम नागरिकको धारणा, परिवारको आकँक्षा हुँदै गर्दा पनि केन्द्र सरकारको मुख ताक्नुपर्ने कस्तो परिकल्पनासहित, कस्तो व्यवस्थाको शासक बनेका छौं । आज पक्कै पनि प्रदेश सरकारको गरिमा र औचित्यमाथि प्रश्न चिन्ह खडा भैरहेको छ ।’

Advertisement

पोस्टमार्टमका जिम्मा प्रदेश सरकारलाई लिन कुँवरले ध्यानाकर्षण गराए । ‘जनताले खबरदारी गरिरहेका छन् । त्यसकारण पनि एउटा सामान्य नागरिकको ज्यान गुम्दै गर्दा पनि पोस्टमार्टम् गर्ने अधिकार हाम्रो प्रदेश सरकारको दायित्व अन्तर्गत पर्दैन भने हामीले कस्तो प्रदेश सरकारको कल्पना गरेका छौं । त्यसलाई गम्भिर ध्यानाकर्षण गराउदै आगामी दिनमा प्रदेश सरकारको कार्यक्षेत्र बनाओस्’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया