गण्डकी प्रदेश स्थापना दिवस

विगतबाट सिकौं, वर्तमान सुधारौं

समाधान संवाददाता २०७९ फागुन ४ गते १३:३०

विकासका लागि सबैभन्दा आवश्यक भनेको पूर्वाधार हो । अर्थतन्त्रलाई बलियो र आत्मनिर्भर बनाउन पूर्वाधारको ठूलो भमिका रहन्छ । गुणस्तरीय सडक निर्माण तथा मर्मतमा मुख्यतः म केन्द्रित छु । गण्डकी प्रदेशको मेरुदण्डको रुपमा रहेको पोखरा मुग्लिन सडकका समस्यउा तत्कालै दिगो समाधान गर्न आवश्यक छ । यहाँको सडक जोखिमपूर्ण छ साथै जनताले धेरै सास्ती व्यहोर्नु परेको छ । यो अवस्थाले विकासमा अवरोध गरेको छ ।

गण्डकी पर्यटकीय क्षेत्र हो । पछिल्लो समय पर्यटन उद्योग सुस्ताएको छ, जसले अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ । पर्यटनलाई लयमा ल्याउन सम्बन्धित निकाय र सरोकारवालाको एकीकृत प्रयास जरुरी छ । पर्यटक आकर्षित गर्न जनताका दैनिक जीवनसँग जोडिएका आधारभूत कुरालाई लिएर हामीअघि बढेका छौं ।

कृषि क्षेत्रमा सुधार गनुपर्ने धेरै पक्ष छन् । बर्सेनी मल, बिउको अभाव हुन्छ । किसानलाई आवश्यक मल, बिउ समयमा उपलब्ध गराउन सकिएको अवस्था छैन, सिंचाइको समस्या हटाउन सकिएको छैन । उत्पादित वस्तुको सही बजारीकरण हुन सकेको छैन । किसानले उचित मूल्य पाएका छैनन् । योजनालाई नयाँ ढंगमा ढाल्ने तथा काम गर्ने तरिकामा सुधार ल्याउनै पर्छ ।

Advertisement

सुशीला सिम्खडा
प्रमुख सचेतक, प्रदेश सभा, नेकपा (माओवादी केन्द्र)

बाहिरबाट बोल्न जति सजिलो छ, भित्र आएर काम गर्नसहज छैन । म आफैंले गरेको अपेक्षा सबै पूरा गर्न नसकेको अनुभति भएको छ । जनताका सबै अपेक्षा पूरा गर्न नसके पनि निराश पनि पार्ने छैन । गर्न नसक्ने कुरामा आश देखाउनु पनि भएन, जनताले पहिला जस्तो सजिलै पत्याउने अवस्था पनि छैन ।

Advertisement

जनताका समस्या समाधान गर्न सदन र सरकारलाई झक्झक्याउने मेरो भूमिका हो । यो कार्यकालमा म सकारात्मक परिणाम धेरै ल्याउने सोचका साथ लागेकी छु । पुरानो सरकारले कति काम गर्‍यो/गरेन भनेर आलोचना गर्नेतर्फ लाग्दिनँ । यो समयको बर्बादीमात्र हो । विगतबाट पाठ सिकेर त्योभन्दा राम्रो गर्नु अबको कार्यभार हो ।

तपाईको प्रतिक्रिया