लागुऔषध बेचबिखनमा संलग्न पाेखरामा पक्राउ

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध बेचबिखनमा संलग्नलाई पक्राउ गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २५ वर्षीय सञ्जय गुरुङ उर्फ ‘प्रशान्त’लाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा गिरोह नै नियन्त्रणमा लिन सफल भएको इन्स्पेक्टर ज्ञान खड्काले बताए ।
प्रशान्तको साथबाट प्रहरीले २ एमएल लेखिएको डाइजापाम २०, फेनारगन २३, बुफ्रिन २९ एम्पुल गरी जम्मा ७२ एम्पुल लागुऔषध फेला पारेको इन्स्पेक्टर खड्काले बताए । प्रहरी अनुसन्धानका क्रमाम पोखरा २५ हेम्जा बस्ने ३६ वर्षीय पवन थापाको साथबाट डाइजापाम ७, लेखेको फेनारगन ७, लेखेको नुफिन ७ एम्पुल गरी २१ एम्पुल लागुऔषध बरामद भएको छ । ‘उहाँको साथबाट सेतो प्लास्टिकमा पोको पारी राखेको लागुऔषध हिरोइन जस्तो देखिने सेतो धुलो ०.४० मिली ग्राम बरामद भएको छ,’ इन्स्पेक्टर खड्काले भने ।
अनुसन्धानका क्रममा २२ वर्षीय अनिष श्रेष्ठ पनि पक्राउ परेका छन् । अनिषको साथबाट पनि लागुऔषध बरामद भएको छ ।







मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया