लागुऔषध बेचबिखनमा संलग्न पाेखरामा पक्राउ

समाधान संवाददाता २०७९ फागुन ७ गते ११:१३

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध बेचबिखनमा संलग्नलाई पक्राउ गरेको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २५ वर्षीय सञ्जय गुरुङ उर्फ ‘प्रशान्त’लाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा गिरोह नै नियन्त्रणमा लिन सफल भएको इन्स्पेक्टर ज्ञान खड्काले बताए ।

प्रशान्तको साथबाट प्रहरीले २ एमएल लेखिएको डाइजापाम २०, फेनारगन २३, बुफ्रिन २९ एम्पुल गरी जम्मा ७२ एम्पुल लागुऔषध फेला पारेको इन्स्पेक्टर खड्काले बताए । प्रहरी अनुसन्धानका क्रमाम पोखरा २५ हेम्जा बस्ने ३६ वर्षीय पवन थापाको साथबाट डाइजापाम ७, लेखेको फेनारगन ७, लेखेको नुफिन ७ एम्पुल गरी २१ एम्पुल लागुऔषध बरामद भएको छ । ‘उहाँको साथबाट सेतो प्लास्टिकमा पोको पारी राखेको लागुऔषध हिरोइन जस्तो देखिने सेतो धुलो ०.४० मिली ग्राम बरामद भएको छ,’ इन्स्पेक्टर खड्काले भने ।

अनुसन्धानका क्रममा २२ वर्षीय अनिष श्रेष्ठ पनि पक्राउ परेका छन् । अनिषको साथबाट पनि लागुऔषध बरामद भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया