लक्ष्मी आवासीय माविको वार्षिकोत्सव

पोखरा ।
पोखराको न्युरोडमा अवस्थित लक्ष्मी आवासीय माध्यमिक विद्यालयको ३६ औं वार्षिकोत्सव एवं अभिभावक दिवस आइतबार भएको छ ।
कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले निजी विद्यालयले शिक्षा क्षेत्रको विकासको लागि अतुलनीय योगदान गरेको बताए ।
उनले विद्यालयले मात्रै नभई अभिभावकले पनि विद्यार्थीहरुलाई व्यावहारिक तथा संस्कार युक्त बनाउनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेलले स्थापना कालदेखि अहिलेसम्म विद्यालयको गतिबिधि आफूले नजिकबाट नियालेको बताउँदै विद्यालयले प्रदान गरेको व्यवहारिक शिक्षाबाट आफू प्रभावित भएको बताए ।
प्राचार्य शालिकराम अधिकारीले विद्यालयको वर्तमान गतिविधका साथै आगामी कार्यक्रमका बारेमा जानाकारी गराए ।
विद्यालयकी संस्थापक निर्देशक लीलावती प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व शिक्षका रमा पौडेल, अभिभावकको तर्फबाट डा. निभा अमात्य, चाटर्ड एकाउन्टेन्ट अमित थापा, सहप्राचार्यनवराज अधिकारी, संस्थापक सदस्य मित्रलाल पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयले शैक्षिक सत्र २०७७ र २०७८ को शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने छात्राछात्रलाई पुरस्कार तथा मेडल वितरण गरेको छ । विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया