रुकुम पूर्वका ग्रामिण क्षेत्रका विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०७९ फागुन ९ गते १७:२५

पोखरा
एजुकेट नेपालले प्रोजेक्ट रुकुम कार्यक्रम अन्तर्गत रुकुम पूर्वका ग्रामिण क्षेत्रका विद्यालयका साढे १ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कर्मा फ्लाईटस फाउन्डेसनको सहजीकरणमा एजुकेट नेपालले रुकुम पूर्वका १ हजार ४ सय ६० विद्यार्थीलाई करिब १ वर्ष पुग्ने शैक्षिक सामग्री वितरण गरेको जनाएको हो ।

रुकुम पूर्वका पुथा हिमालयन मावि, हिमालयन आधाभुत वि, नेपाल राष्ट्रिय आधारभुत वि, आधारभुत वि लगायतका विद्यालयमै पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । १२००० प्रति कापी, ६००० कलम, ८००० पेन्सिल, इरेजर र शार्पनर विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

उक्त शैक्षिक सामाग्री पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विधार्थीहरुबाट ‘एक विद्यार्थी एक शैक्षिक सामाग्री’ संकलन गरिएको थियो । एजुकेट नेपालले सहयोग गर्ने विद्यार्थी तथा संघ संस्थालाई धन्यवाद व्यक्त ग¥यो ।

Advertisement

तपाईको प्रतिक्रिया