फूलबारीमा २४ गते भैरव नाच देखाइने

समाधान संवाददाता २०७९ फागुन १२ गते ११:०५
फाइल फाेटाे

पोखरा ।
छँगेली नेवा खल, पोखराको आयोजनामा भैरव नाच कार्यक्रम हुने भएको छ । फागुन २४ गते पोखरा फूलबारीमा नाच आयोजना गर्न लागिएको छँगेली नेवा खल, पोखराका अध्यक्ष शिवलाल मल्लले जानकारी दिए ।

नाच सम्पन्न गर्न विभिन्न ६ वटा उपसमिति बनाइएको छ । मूल समारोह व्यवस्थापन समितिको संयोजक शिवलाल मल्ल, सदस्यमा तेजकुमार मल्ल, भरत कर्माचार्य, रुद्र मल्ल, विष्णुकुमार श्रेष्ठ, बुद्धि मल्ल, रमेश मल्ल, सूर्य राजभण्डारी विष्णुश्याम मल्ल छन् ।

पूजा व्यवस्थापन उपसमितिमा सुना मल्लको संयाजकत्वमा सदस्यमा निर्मला मल्ल नारायणी श्रेष्ठ, लक्ष्मण मल्ल, अन्जु मल्ल, अर्मिला मल्ल, लक्ष्मी मल्ल, शान्ति कर्माचार्य, बिन्दु मल्ल, सरस्वती मल्ल छन् । प्रचारप्रसार उपसमितिमा सञ्जय मल्ल संयोजक तथा जयराम कायस्थ, रामप्रताप मल्ल, मनिराज मल्ल सदस्य छन् ।

Advertisement

कार्यक्रम सफल बनाउन अर्थिक व्यवस्थापन उपसमितिमा प्रल्हादभक्त कायस्थ संयोजक, हेमन्त मल्ल, श्याम मल्ल, कृष्ण मल्ल सदस्य रहेका छन् । खाना व्यवस्थापन उपसमितिमा बालकृष्ण श्रेष्ठ संयोजक, मिलन श्रेष्ठ, ज्ञाननारायण श्रेष्ठ, लक्ष्मण मल्ल सदस्य छन् ।

स्वयंसेवक व्यवस्थापन उपसमितिमा संयोजक मोहन मल्ल, सदस्यहरु रवीन्द्र मल्ल, सुरेन्द्र मल्ल, सूर्यकुमार श्रेष्ठ, ईश्वर कर्माचार्य, सञ्जय श्रेष्ठ, सुमन कायस्थ छन् । तनहुँको साविक छांग गाविसबाट बसाइसराइ गरी पोखरा बसोबास गरेकाहरुले २०७२ सालमा छांगेली नेवाः खल पोखराको स्थापना गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया