३ सय ७५ को स्वास्थ्य परिक्षण

समाधान संवाददाता २०७९ फागुन २१ गते १५:४२

पोखरा ।
रोटरी क्लव अफ पोखरा मिडटाउनको आयोजनामा शनिबार रुपा गाँउपालिकामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र रोट्रयाक्ट क्लवको सहकार्यमा शिविर भएकाे हाे । कालिका माविमा सञ्चालित शिविरमा ३ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि वितरण गरीएको थियो ।

बालरोग, प्रसुती रोग, हाडजोर्नी, जनरल मेडिसिन, सर्जरी सम्वन्धि सेवा उपलब्ध गराइएको हेल्थ क्याम्प कार्यक्रमका संयोजक डा. हरि पौडेलले बताए । पौडेलका अनुसार शिविरमा आएका महिलाहरुमा पाठेघर खस्ने, ज्येष्ठ नागरिकमा ढाड र घुँडा दुख्ने, दम, ग्यास्ट्रीक र उच्च रक्तचापको समस्या थियो ।

नेपाल परिवार नियोजन संघको सहयोगमा परिवार नियोजन सम्वन्धी सेवा प्रदान गरिएको थियो । डा. भोजराज न्यौपाने, डा. चण्डीका न्यौपाने, डा. हरी पौडेल, डा. पविन थापा, डा. विज्ञान पाण्डे, डा. सिता भण्डारी, डा. प्रिया करन लगायतले सेवा दिएका थिए ।

Advertisement

गाउँपालिका, विद्यालय, कालिका आमा समुहले व्यवस्थापनमा सहयोग गरेको साथै यातायात सहयोग भाष्कर मेमोरीयल स्कुलले क्लवका पूर्व अध्यक्ष ई महेन्द्र गोदारले बताए ।

क्लवका अध्यक्ष रवीन्द्रनाथ बाँस्तोलाको अध्यक्षतामा भएको शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रोटरीले आफ्नो गाँउपालिकामा खानेपानी, विद्यालय भवन निर्माण देखि स्वास्थ क्षेत्रमा गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।

Advertisement

नेपाल परिवार नियोजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देल, वडा नं. १ का वडाध्यक्ष रामबहादुर गोदारले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव विकास अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया