
म्याग्दी ।
विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमाल जम्मा १४ वटा छन् । तीमध्ये ८ वटा नेपालमै पर्छन् । सबैभन्दा पहिला ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहरण नेपालमै भएको थियो, त्यो पनि म्याग्दीको अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जाेगले सन् १९५० जुन ३ तारिख अन्नपूर्ण हिमाल आरोहण गरी ८ हजार मिटर अग्ला हिमाल आरोहणको कीर्तिमानी कायम गरेका थिए ।
त्यसको ३ वर्षपछि मात्रै सर्वाेच्च शिखर सगरमाथा १९५३ मे २९ मा आरोहण भएको थियो । तर, अन्नपूर्ण हिमाल मौरिसपछि कमैले आरोहण प्रयास गरे । धेरै पूर्वतिर हानिएर सगरमाथा उक्लिए । म्याग्दीका निर्मल पुर्जा (निम्स) ले विश्वका अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमानी आरोहीको नाम लेखाइसकेका छन् ।
तिनै पुर्जाका पाइला पछ्याउँदै ८ अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आएकी छन् । निम्सकै नेतृत्वमा कतारी राजकुमारी म्याग्दी आएकी हुन् । इलाइट ट्रेकिङ कम्पनीमार्फत अल्थानी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्यहरु सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आएका हुन् ।
सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बलम, मनास्लु, केटु लगायत हिमालहरुको आरोहण गरिसकेकी राजकुमारीले अन्नपूर्ण आरोहणलगत्तै अन्य हिमालसमेत आरोहण गर्ने योजना बनाएकी छन्
सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादम्बलम, मनास्लु, केटु लगायत हिमालहरुको आरोहण गरिसकेकी राजकुमारीले अन्नपूर्ण आरोहणलगत्तै अन्य हिमालसमेत आरोहण गर्ने योजना बनाएकी छन् । ‘अहिले म दानामा आएकी छु, नेपालको धेरै हिमालहरुको आरोहण गरिसकेकी छु यसपटक अन्नपूर्ण हिमाल आरोहणका लागि यहाँ आएको हुँ,’ उनले भनिन्, ‘ यस ठाउँका मानिसले मलाई जुन सम्मान गरे, त्यसबाट निकै खुसी छु, अब पुन नेपालका अरु हिमाल आरोहणका लागि केही महिनामा आउने छु ।’
यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारमा सहयोग पुग्ने आरोही पुर्जा बताउँछन् । ‘म यहीँ जम्मेको हुँ, यस ठाउँसँग निकै माया छ, राजकुमारीको टोलीलाई लिएर आएको छु,’ पुर्जाले भने, ‘देशसँगै आफू जम्मेको गाउँको चिनाउन पाउदा निकै खुशी छु ।’
रहरले भन्दा पनि बाध्यताले विदेश गएको तर अहिले देशलाई विश्वभर चिनाउन पाउँदा निकै खुसी लागेको पुर्जाले सुनाए । कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाहरुले भव्य स्वागत गरेका छन् । नागरिक अभिनन्दन र बाजागाजा सहित गाउँ परिक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए ।
‘दाना, म्याग्दी र नेपाललाई विश्वमा चिनाउन योगदान गरेको हुँदा निर्मल पुर्जालाई सम्मान गरेका हौं,’ उनले भने, ‘निर्मल विश्वकै साहसिक युवा हो ।’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नारच्याङका अगुवाहरुले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य सहित मिस्ट्री खोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।
समुद्री सतहदेखि ४ हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुंगी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया