मुस्ताङमा यो हिउँदकै पहिलो हिमपात

समाधान संवाददाता २०७९ फागुन २४ गते ११:०८

सुन्दरकुमार थकाली
जोमसोम–मुस्ताङमा योसिजनकै पहिलो हिमपात भएको छ ।बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो ।हिउँ पर्न सुरु गरेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् ।


मुस्ताङमा चालु वर्षकै पहिलो बेमौसमे हिमपात भएको हो । हिउँदयाम सकिएर विस्तारै गर्मीयाम सुरु हुँदा मुस्ताङमा हिमपात भएको हो ।बिहानैदेखि परेको हिउँ जमिनको सतह तातिसकेकाले बस्तीमा हिउँ जम्न सकेको छैन । यद्यपी तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँढाकाँढा र खर्कहरु हिउँले सेताम्मे हुन थालेको छ । मुस्ताङमा मध्यम प्रकारको हिउँ परिरहेको छ । हिमपात अझै बाँक्लो र साँझसम्म परेमा मुस्ताङका डाँढाकाँढा,खर्क ,खेतबारी र बस्ती पुरै हिउँले ढाँकिने बताईएको छ ।

मुस्ताङको मौसम अहिले धुमिल छ । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भईरहेको छ । हिमपात भएसंगै, स्थानीयबासी ,कर्मचारी र पर्यटकहरु हिउँसंगै रमाउँन थालेका छन् । जोमसोम स्थित नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले मुस्ताङमा जारी सिजनकै पहिलो हिपमात भएको जानकारी दिए । ‘ढिलै भएपनि यहाँ हिमपात हुँदैछ, अनुकुल समयमा नपरेको हिमपात अब पर्दैन होला भन्ने ठानेका थियौ,हिउँसंगै सेल्फी खिच्दै थकालीले भने,‘ जेहोस बेमौसममा भएपनि हिमपात भएको छ, यसले कृषकलाई आशिंक राहत भने दिनेनै छ ।’

Advertisement

जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भईरहेको छ ।बशन्तऋतुको आगामनसंगै यो वर्ष फागुनको अन्तिम महिनामा हिमपात भएको हो । यसवर्ष हिमाली जिल्ला मुस्ताङमा वर्षकै पहिलो हिमपात भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले उपल्लो मुस्ताङमा कोरलानाकासहित अप्परको सबै भेंकमा बाक्लो हिमपात भएको उल्लेख गरे ।


मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाउन थालेका छन् । बाँक्लो हिमपात परेर केही हप्ता रहन सक्यो भने यसले हिउँ पर्यटनलाई आर्कर्षित गर्ने मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले बताए । गत वर्ष फागुनको पहिलो हप्ता मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगिता संञ्चालन भएकोमा यसवर्ष प्रतियोगिता आयोजना हुन नसकेको उनले बताए । पर्यटनकर्मी गुरुङले दुईदिन सम्म हिउँ परेमा मुस्ताङमा हिउँ खेल्ने युवापंक्तिको ओईरो लाग्ने दावी गरे ।

Advertisement


बर्सेनि कार्तिक देखि माघ महिनासम्म हिमपात हुँने गथ्र्यो ।तर, यसवर्ष मुस्ताङमा हिमपात र वर्षा समेत हुन सकेको थिएन ।हिउँ नपर्दा यहाँका कृषकले सिंचाईको भर पर्नु परेको थियो ।कतिपय स्थानमा सिंचाईको स्रोत नहुने र हिउँ पनि नपरेकाले खेतीयोग्य जमिन सबै सुख्खा भईरहेको थियो । ढिलै भएपनि यसवर्षको हिमपातले मुस्ताङका किसानलाई आशिंक राहत प्रदान गरेको कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्तोकोटीले जानकारी दिए । स्याउ बगैचा व्यवस्थापन र अन्य अन्नबालीको व्यवस्थापनको समयमा हिमपात हुँदा कृषकले लगाएको अन्नबाली फस्टाउने केन्द्र प्रमुख बस्ताकोटीको भनाई छ ।


अनुकुल समयमा हिमपात नहुँदा सुख्खा बनेका यहाँका खेतीयोग्य जमिनमा हिउँले सिञ्चत गर्न थालेको छ ।हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुन्छ । हिमपात भएमा खेतीयोग्य जमिनको भित्री सतहलाई पूर्नरजिवित गर्न योगदान गर्छ र हिउँले जमिनको सतहलाई रिचार्ज गराउँछ । हिउँदयामको हिउँ सिंचाईलाई मात्रै नभएर कृषकले लगाएको फलफुल तथा अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमण र प्रकोप नियन्त्रण गर्न टेवा पू¥याउँदछ । हिउँले कृषकले लगाएको स्याउ लगायतका अन्नबालीहरुलाई उत्पादन क्षमता वृद्धि गर्ने र फलफुल समेत गुणस्तर समेत राम्रो गर्ने मार्फाका किसान दिपक लालचनले उल्लेख गरे ।

जलवायु परिर्वतनका कारण हिमाली जिल्ला मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात हुँने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुँने,कुनै वर्ष आशिंक हिमपात हुँने र कुनै वर्ष अनुकल समयमा हिमपातनै नहुँने गरेको छ । गतवर्ष मुस्ताङमा १० पुस र १९ माघ महिनामा भारी मात्रामा हिमपात भएको थियो । यस्तै, ४ वर्षअघि मुस्ताङमा भारी हिमपात हुँदा उपल्लो मुस्ताङमा भारी वर्षा हुँदा सयौं याकचौरी र भेडाच्यांग्रा खर्कमा हिउँले पुरिएर मरेका थिए ।
तस्विर ःसुन्दरकुमार थकाली

तपाईको प्रतिक्रिया