‘विभेद हटाउन शिक्षा, रोजगारी’

समाधान संवाददाता २०७९ फागुन २६ गते ११:४९

पोखरा ।
समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा पोखरा महानगरपालिका वडा नं. २३ घाँटीछिनामा आयोजित कार्यक्रममा समानताका लागि समृद्धि पहिलो आधार भएकोमा वक्ताहरुको जोड छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले संवैधानिक हक, अधिकार सुनिश्चितताका लागि महिला संगठित भएर अघि बढ्नुको विकल्प नभएको बताइन् ।

Advertisement

संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरे पनि निर्वाचनमा राजनीतिक पार्टी बीचको गठबन्धनका कारण महिला सहभागितामा मी आएको बताउँदै उनले अवसर पाएमा महिलाले जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरिन् ।

पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले सहजरुपमा उपयोगसँगै वन पैदावारको बिक्री, वितरण गरेर आयआर्जन गर्ने खालाको नीति आवश्यक रहेको जनाए ।

Advertisement

महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला सचिव पार्वती अधिकारी, महानगर अध्यक्ष कमलमणी त्रिपाठी लगायतले महिला अधिकार र वनको भूमिकामाथि चर्चा गरेका थिए ।

कार्यक्रममा उक्त वडाका बिभिन्न २२ सामुदायिक वन समूहको सहभागिता थियो । उपभोक्ताले काठको उपयोगमा परेको कठिनाई एवं वन्यजन्तुले दिएको दुःखका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया