बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द

समाधान संवाददाता २०७९ चैत २ गते १३:०३

जोमसोम ।
राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक दैनिक ५ घण्टा बन्द हुँने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गत शुक्रबारदेखि लागु हुँने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाईमकार्ड लागु गरेको हो ।

म्याग्दी प्रशासनले बुधबार एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडक बन्द हुँने जनाएको छ । बेनी–जोमसोम सडकको प्याकेज नम्बर २ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३ रुप्से सडक खण्डमा बेलीब्रिजसहित पहिरो रोकथामको कार्य भईरहेको र सडक विस्तार एवं स्तरोन्नतिका काम भईरहेकोले शुक्रबार बिहान ६ बजेदेखि ९ बजे सम्म र दिउँसो १ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द निर्णय गरेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बेनी–जोमसोम सडक चैत्र २ गतेदेखि चैत्र १४ गतेसम्म बन्द गरिएको हो । तर, चैत्र ६,७ र ८ गते ३ दिन भने सडक बन्द नहुँने सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

बेनी–जोमसोम सडकको दोश्रो प्याकेज रुप्सेमा ३ वर्षअघि आयोजनाद्धारा निर्माणधिन पक्की पुल बाढी बगाएको थियो । त्यहाँ पुल नहुँदा सडक आउजाउमा समस्या थियो । आयोजनाले सो स्थानमा अस्थायी बेलिब्रिज स्थान्तरण गर्न लागेको छ । बेनी–जोमसोम सडकको केही स्थानमा पक्की पुल निर्माण सम्पन्न भएपछि कही बेलिब्रिज जगेडा बसेको थियो ।

आयोजनाले पुल स्थान्तरणसहित करिव ३ सय मिटर सडकको एप्रोजसहितको काम गर्न ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यहाँ मुक्तिनाथ निर्माण सेवाले सडकको काम गरिरहेको छ ।

Advertisement

यस्तै सो स्थानमा कमजोर भुबनोटका कारण बर्सेनि बाढी/पहिरो र नदी कटानले सडकमा क्षति पू¥याउने गरेकोमा त्यस स्थानमा पहिरो रोकथाम तथा नियन्त्रण सम्वन्धि प्राविधिक अध्ययन भईरहेको छ ।

तपाईको प्रतिक्रिया