शिक्षकलाई तालिम र सम्मान

समाधान संवाददाता २०८१ वैशाख ३१ गते १२:१७

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियान अन्तर्गत अन्नपूर्ण गाउँपालिका समिति, कास्कीको आयोजनामा मार्च टु लोकल लेभल २०२४ कार्यक्रम भएको छ ।

सांगठनिक सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आयोजना गरिएको अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमुखीकरण कार्यक्रमपछि स्थानीय पालिकाहरुमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।


२०८० को शिक्षक सेवा आयोगको परीक्षामा सफलता प्राप्त गरी प्राथमिक तहमा नियुक्त भई अन्नपूर्ण गाउँपालिका कास्कीमा पदस्थापन भएका नवनियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मानसमेत गरिएको छ ।

Advertisement

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका कोषाध्यक्ष एवम् अन्नपूर्ण इन्चार्ज माधव पहारीले शिक्षकहरु कक्षाकोठामा अब्बल र समुदायमा अनुकरणीय हुनुपर्ने बताए ।


उनले भने, ‘शिक्षकहरु समाज परिवर्तनका संवाहक हुन्, विचारका प्रणेता हुन् । उनीहरुको विचार संसारका कुनै पनि शक्तिले रोक्न सक्दैन ।

Advertisement

शिक्षक सम्मानित नभई समाज सभ्य हुन सक्दैन ।’ कार्यक्रममा कास्की जिल्ला समिति सचिवालय सदस्य तोरणबहादुर केसी, शिक्षक हित बचत तथा ऋण सहकारीका उपाध्यक्ष बाबुराम भुजेल, नवनियुक्त शिक्षक दीपेन्द्र सुवेदी लगायतले बोलेका थिए ।


संस्थाका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कीर्तिराज ढकाल र उपाध्यक्ष ईन्दकुमारी गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया