किरियापुत्री सांसद बराल उपराष्ट्रपतिलाई मतदान गर्न काठमाडौं हिँडे
समाधान संवाददाता
२०७९ चैत ३ गते १०:०२

पोखरा ।
बाबुको निधनले शोकमा रहेका गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका छन् ।
शुक्रबार बिहान बुद्ध एयरमार्फत उनी काठमाडौं उडेका हुन् । उपराष्ट्रपतिको निर्वाचनमा प्रदेश सभा सदस्यहरु पनि मतदाता हुने भएको हुँदा मताधिकार प्रयोग गर्न काजकिरियाकै पोसाकमा सांसद बराल काठमाडौं गएका हुन् ।
सांसद बराल शुक्रबार नै पोखरा फर्कँदैछन् । कास्की ३ ख बाट निर्वाचित सांसद बरालका पिताकोव २६ फागुनमा निधन भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया