एनसेलको नयाँ योजना

समाधान संवाददाता २०७९ चैत ३ गते ११:४३

पोखरा ।
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकलाई लक्ष्य गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ । ‘मज्जाकोे प्लान’ शुक्रबारदेखि सुरु हुँदै छ । यो प्लान इच्छुकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पिओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५ सय ९९ मा किन्न सक्छन् । यो प्याक अन्तर्गत ग्राहकले २० जिबी डेटा र १ सय ५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनका लागि मान्य रहनेछ ।

यो प्लान सुचारु गर्ने ग्राहकले २ सय वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि पाउँछन् । ग्राहकले २ सयदेखि ४ सय ९९ को रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५ सय वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस पाउँछन् ।

Advertisement

यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५ सय ९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया