राजनीतिक अस्थिरताले अर्थतन्त्र धराशायीः गुरुङ

समाधान संवाददाता २०७९ चैत ७ गते १२:१८
u08sL, !$ r}t M Goflos ;ldltsf] /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf k|b]z k|d'v u'?ª u08sL k|b]zsf k|b]z k|d'v k[YjLdfg u'?ª ;f]daf/ kf]v/fdf cfof]lht Goflos ;ldlt k|yd /fli6«o ;Dd]ngsf] pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/M xl/ afF:tf]nf÷ /f;;

पोखरा ।
नेपाल उद्योग वाणिज्य संघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सोमबार भएको छ । सभामा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग, व्यवसायसँगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनीतिक स्थिरता भएको बताए ।

उनले मुलुकको उद्योग, व्यवसाय तथा वाणिज्य क्षेत्र राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहे पनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए ।

प्रदेश प्रमुख गुरुङले देशमा राजनीतिक अस्थिरताका कारण पुँजी भएकाले लगानी गर्न नखोज्दा अर्थतन्त्र अप्ठेरो अवस्थामा पुगेको टिप्पणी गरे । ‘उद्योग व्यवसाय फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनीतिक स्थिरता हो । राजनीतिक स्थिरता भयो भने स्वदेशीसँगै विदेशी लगानी आउँछ । तपाईँहरुकै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्,’ उनले भने ।

Advertisement

देशमा स्थायित्व हुनेगरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए । उनले अहिले सरकार परिवर्तन हुँदै गर्दा नीतिसमेत परिवर्तन हुनाले निकै ठूलो समस्या खेप्न उद्योगी, व्यवसायी बाध्य भएको सुनाए । पछिल्लो समय बैंकले ब्याजदर वृद्धि गर्दा उद्योग तथा व्यवसायी मारमा परेको र सन्तुष्ट हुने वातावरण नभएको उनको भनाइ छ ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अघि रहे पनि उद्योग, व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको जनाए । अब गण्डकी प्रदेशले आयातीत सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गर्नुपर्नेमा उनको जोड छ । ‘गण्डकी प्रदेशको स्थिति हेर्ने हो भने सामाजिक क्षेत्रमा अग्रस्थानमा छ तर उद्योग व्यवसायमा भने पछि छ,’ उनले भने ।

Advertisement

उनले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गरे । अहिले बैंकहरुले लिएको चर्को ब्याजदरको विषयमा छलफल गरी समस्याको समाधान निकाल्नसमेत पौडेलले सुझाए ।

गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले उद्योग, व्यवसायी र राज्य अन्तरसम्बन्धित भएको जनाए । उनले अहिलेको एकले अर्कोलाई समस्या सुनाउनेबाहेक अरु काम हुन नसकेको टिप्पणी गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्य राजस्व चुहावट र कर छलीका कारण आन्तरिक ऋण लिन बाध्य भएको तर्क गरे । राज्यले उचित नीति नबनाउँदा उद्योग, व्यवसायीको मात्र नभई समग्र देशकै अर्थतन्त्र धराशायी बनेको उनको जिकिर छ ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बैंक तथा वित्तीय संस्थाले गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष निजी क्षेत्र प्रताडित बनेको बताए । पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि मागको सुनुवाइ नभएको गुनासो उनले पोखे ।

राज्यलाई कर तिरेरसमेत आफूहरुले सहज रुपमा समान बिक्री गर्न नपाएको उनको तर्क छ । ‘राज्यलाई कर तिरेर निश्चित ठाउँमा मदिरा र मनोरञ्जन प्रदान गर्न पर्यटन उद्योगको धर्म हो । तर रातको समयमा मदिरा र अत्यावश्यक सामग्रीका पसल खोल्न पाइदैन,’ उनले भने, ‘देशका मुख्य पर्यटकीय केन्द्रमा निश्चित मापदण्ड कायम सहज बिक्री, वतरणको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाई, पूर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया