मुस्ताङमा बसको ठक्करबाट महिलाको मृत्यु

सुन्दरकुमार थकाली २०७९ चैत ८ गते १७:२२

जोमसोम ।
मुस्ताङमा मंगलबार एकैदिन दुईवटा बस दुर्घटना भएको छ । वारागुङ–३ छुसाङ र वारागुङ–१ खिंगामा दुर्घटना भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ स्थित प्रहरी चेकपोस्ट नजिकै बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

तनहु रिसिङ गाउँपालिका–८ घरभई नवलपरासी पूर्व गैडाकोट नगरपालिका–४ बस्ने ७६ वर्षीया खिनुमाया श्रेष्ठको भे १ ख २७५४ नम्बरको बसको ठक्करबाट घाईते भई उपचार गर्न लैजाने क्रममा म्याग्दीको बेनी अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

छुसाङको चेक पोस्ट नजिक पिसाप फेर्न बसबाट झर्ने क्रममा वद्धलाई बसले ठक्कर दिई घाईत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । दुर्घटनापछि घाईत वृद्ध महिलालाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेनी अस्पतालमा लगिएको थियो ।

Advertisement

बस र ४२ वर्षीय चालक चाँगुनारायण सुवेदीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

वारागुङ–१ खिंगामा बसको ठक्करबाट अर्को एक महिला घाईते भएकी छिन् । मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बा ४ ख ८९१७ नम्बरको बसको ठक्करबाट वारागुङ–१ खिंगा बस्ने ५१ वर्षीया महिला कार्तिक गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

Advertisement

दुर्घटनापछि घाईते महिलालाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याएकोमा उनलाई थप उपचारका लागि पोखराको मनिपाल अस्पतालमा लगिएको छ । बस र चालक प्रकाश सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएका अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया