कास्कीकाे सबैभन्दा ठूलाे हाइड्राे पावर निर्माण सम्पन्न, आजैदेखि राष्ट्रिय प्रसारण प्रणालीमा

समाधान संवाददाता २०७९ चैत ११ गते १९:१९

पोखरा ।
कास्की मादी खोेलामा निर्माण गरिएको ४४ मेघावाटको विद्युत उत्पादन गृह सुपरमादी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । यो आयोजनाबाट उत्पादित विजुली चैत्र ११ बाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजनाबाट उत्पादिन विद्युत पोखरा महानगर पालिकाको लेखनाथ सवस्टेशनमा जोडिएको छ ।

निर्माण र परिक्षणका सम्पूर्ण काम सफलता पूर्वक सम्पन्न भएर शनिबारदेखि उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पठाइएको सुपरमादी हाइड्रो पावर लिमिटेडका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । यो आयोजना कास्की जिल्लाको सबै भन्दा ठुलो विद्युत आयोजना हो भने नीजि क्षेत्रले उत्पादन गरेका मध्ये देशकै दोश्रो ठुलो आयोजना हो ।

यसको व्यवसायिक उत्पादन भने १५ दिनपछिबाट शुरु हुनेछ । ‘आयोजनाको पिपिए गर्ने बेलामा उत्पादन शुरु भएको १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत उपलब्ध गराउने सम्झौता अनुसार आजदेखिको १५ दिनसम्म निशुल्क दिदैछौं ।’ अध्यक्ष ढुङ्गानाले समाधानलाई बताए ।

Advertisement

मादी गाउँ पालिकाको वडा नं १ र २ अर्थात तत्कालिन ताङतिङ गाउँ पालिका यो आयोजनाको निर्माण स्थल हो । मादी खोलामा यसअघि नै ४ वटा हाइड्रो पावर निर्माण भैसकेका छन् । मादीको पाँचौँ विद्युत गृहका रुपमा निर्माण सम्पन्न भएको यो आयोजना मादी खोलामा बनेका मध्ये सबै भन्दा ठुलो हो ।

झण्डै साढे सात अर्व रुपैयमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहति सुरु गरिएको आयोजना आयोजना सम्पन्न हुँदा भने १ अर्ब २० रुपैया जति लागत बढेकाे छ । आयोजना सकिदासम्म ८ अर्ब ७० करोड खर्च भएको छ । कोरोना महामारी, बैंकको बढेको ब्याज, गत सालको बाढी र युक्रेन युद्दकाकारण लागत बढेको अध्यक्ष ढुङ्गानाले बताए ।

Advertisement

२०७५ मंसिरदेखि निर्माण थालेको बताउँदै ढुङ्गानाले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे । आयोजनाका अनुसार गत वर्षको बाढीका कारण १ अर्बभन्दा बढी नोक्सानी भएको छ ।

आयोजनाका लागि २ अर्ब १० करोड इक्युटी शेयर पुँजी छ र बाँकी बैंक लोन छ । यो आयोजनामा ७ वैंकले लगानी गरेका छन् । सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

वार्षिक २ सय ४२ दशमलव ६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर लिमिटेड प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ«े मेटल एण्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एसिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी छन् ।

तपाईको प्रतिक्रिया