गण्डकीमा बुधबार सार्वजनिक बिदा

समाधान संवाददाता २०७९ चैत १३ गते १०:३३

पोखरा ।
गण्डकी प्रदेश सरकारले चैते दसैंको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रीपरिषदको आइतबार निर्णयअनुसार यस वर्षको चैते दसैंमा पनि सार्वजनिक बिदा दिइएको हो ।

यस वर्षको चैत्र शुक्ल अष्टमी (चैते दसैं) चैत १५ अर्थात् आउदो बुधबार परेको छ । चैते दसैंको अवसरमा प्रदेशस्थित सबै सरकार तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया