मुस्ताङमा फेरि देखियो कोरोना संक्रमण

समाधान संवाददाता २०७९ चैत १३ गते १४:१४

मुस्ताङमा एक महिलामा कोरोना संक्रमण देखिएको छ । घरपझोङ गाउँपालिकाकी ३१ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ ।

सामान्य जरो, रुघाखोकी लक्षण देखिएकी उक्त महिलालाई एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको अस्पतालाको मेडिकल सुपरिटेन्डन विशाल तिवारीले जानकारी दिए ।
कोरोना संक्रमित महिला सामान्य लक्षण देखिएपछि उपचारका लागि जोमसोम अस्पतालमा पुगेकी थिइन् । ती महिला अहिले होम आइसोलेसनमा छन्।

पछिल्लो समय मुस्ताङमा पर्यटकीय चहल/पहल बढेको र उनी व्यापार व्यवसायसँग जोडिएकाले कोरोना संक्रमण भित्रिएको अनुमान गरिएको छ ।

Advertisement

मुस्ताङमा फागुनदेखि पर्यटकीय गतिविधि बढेको हो । मुस्ताङमा सडक तथा हवाईमार्गहुँदै दैनिक दुई हजार पर्यटक भित्रिने गरेका छन् । यसअघि मुस्ताङमा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि यहाँ शत प्रतिशत नागरिकलाई कोभिड भ्याक्सिन लगाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया