सौर्य एयरलाइन्सले पाेखरामा दैनिक चार उडान गर्ने
समाधान संवाददाता
२०७९ चैत १५ गते १६:०३

पोखरा ।
सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ । हाल काठमाडाैं-पाेखरा २ वटा उडान गर्दै आएको सौर्यले चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए ।
दैनिक बिहान ८:३०, ९:३५ बजे र दिउँसो २: ४० र ३:३० मा उडान गर्ने तालिका तय भएको उनले बताए ।
जेट विमानको यात्रा पोखरेलीहरुले धेरै रुचाएको कारण अन्य गन्तव्यको उडान कटान गरेर पोखरामा थप गरिएको उनको भनाइ छ ।
हाल पाेखरा-काठमाडाैंको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । सौर्यले हाल विराटनगर, भद्रपुर र पोखरा उडान गर्दै आएको छ । केही समयका लागि धनगढी र भैरहवाको उडान स्थगन गरिएको जानकारी खनालले दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया