कांग्रेसले रवि लामिछाने विरुद्ध जितनारायणलाई उठाउने

समाधान संवाददाता २०७९ चैत १६ गते ११:४७
dav

पाेखरा ।

नेपाली कांग्रेसले चितवन निर्बाचन क्षेत्र नम्बर २ बाट जितनारायण श्रेष्ठलाई उमेद्वार बनाउने भएकाे छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

याे निर्बाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकाे क्षेत्र हाे । आम निर्बाचनमा यहँबाट उमेद्वार बनेर अत्याधिक मतका साथ विजयी भएका लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाउन पुगेका थिए । लामिछाने अहिले पनि यहीबाट निर्बाचन लड्दैछन् ।

Advertisement

यही बैशाख १० गते हुने निर्बाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सत्ता गठबन्धनकाे एक पार्टी हाे । याे पार्टीले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल र प्रधानमन्त्रीमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गरेकाे थियाे ।

Advertisement

तर बैशाख १० मा हुन गैरहेकेा उप निर्बाचनमा सत्ता पक्षीय दलहरुबीच गठबन्धन गर्ने बारेमा छलफल भएकाे छैन् । यसअघिकाे निर्बाचनमा रवि विरुद्ध उमेश श्रेष्ठलाई उठाएकाे कांग्रेसले यस पटक नयाँ उमेद्वार बनाएकाे छ । चितवन कांग्रेसका निवर्तमान सभापति श्रेष्ठ चितवनमा कांग्रेसका लाेकप्रिय नेता मानिन्छन् ।

तपाईको प्रतिक्रिया