पाेखरा–१८ मा पुन मतगणना गर्न उच्च अदालतकाे फैसला, बैशाख २० गते मत गन्न आदेश

समाधान संवाददाता २०७९ चैत २१ गते १८:४२

पाेखरा ।

पाेखरा महानगर पालिका वडा नम्बर १८ मा पुन मतगणना गर्नु पर्ने भएकाे छ । उच्च अदालत पाेखराले आज यस्ताे फैसला गरेकाे हाे । अदालतले पुन मतगणना गर्न मात्र फैसला गरेकेा छैन, मत गणना गर्ने दिन पनि ताेकिदिएकाे छ ।

मत गणनामा गडबडी गरिएकाे भन्दै वडाध्यक्षका उमेद्वार पुष्कल थापाले उच्च अदालत पाेखरामा पुन मतगणनाकाे माग गर्दै निवेदन दिएका थिए । साेही निवेदन उपर फैसला गर्दै उच्च अदालत पाेखराका कायम मुकायम मुख्यन्यायाधिश डिल्लिराज आचार्य र न्यायाधिश रिसिराज आचार्यकाे सम्युक्त इजलासले आज पुन मतगणना गर्न आदेश दिएकाे हाे ।

Advertisement

गत बैशाख ३१ मा सम्पन्न स्थानिय निर्बाचनमा पाेखरा महानगर पालिकाकाे वडा नम्बर १८ मा नेपाली कांग्रेसकाे तर्फबाट उमेद्वार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतकाे अन्तरले विजयी भएका थिए भने एमालेका पुष्कल थापा पराजित भएका थिए । तिमिल्सिनाले १६४३ मत पाउदा थापाले १६४० मत पाएका थिए ।

मतगणनाका क्रममा नाै मत गायव पारिएकाे भन्दै ३ मतले पराजित भएका पुष्कल थापाले पुन मत गणना गर्न माग गरेपनि निर्बाचन समितिकाे कार्यालयले अस्वीकार गरेकाे थियाे ।

Advertisement

त्यसपछि थापाले निर्बाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्बाचन अधिकृतकाे कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए ।

अदालतले यस्ता प्रकृतिका मुद्दामा यति छिटै फैसला गरेकेा सम्भवत याे नेपालकै पहिलाे घटना हाे । सामान्यतया यस्ता मुद्दा पाँचै वर्ष अवधि पुरा हुँदा पनि फैसला नभएका उदाहरण पनि छन् ।

याे निवेदनमा वादीका तर्फबाट कानुन व्यवसायीहरु हरि सुवेदी, सुरेन्द्र थापा मगर र मदन तिवारीले बहस पैरवी गरेका थिए ।

तपाईको प्रतिक्रिया