सेती खाेंचबाट उद्धार गरिएकी बालिकाकाे मृत्यु
समाधान संवाददाता
२०८० वैशाख २ गते १९:४०

पोखरा ।
पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेर घाइते भएकी बालिकाको मृत्यु भएको छ ।
पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली आज दिउँसो खोंचमा खसेकी थिइन् । खसेको साढे २ घण्टामा प्रहरीले उनकाे उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेकाे थियाे ।
चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरेकाे प्रहरीले बताएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया