राष्ट्रपति पाैडेलकाे स्वास्थ्य सामान्य, बाेलचाल गर्दै

समाधान संवाददाता २०८० वैशाख ५ गते १९:२५

पाेखरा ।

अचालनक बेहाेश भएर अस्पताल भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पाैडेलकाे स्वास्थ्यस्थितिमा सुधार भएकाे छ । निवासमै बेहाेश भएपछि राष्ट्रपतिलाई मंगलबार मध्यान्ह शिक्षण अस्पताल महाराजगंज लगिएकाे थियाे ।

राष्ट्रपति कार्यालय श्राेतले दिएकाे जानकारी अनुसार उनले अहिले चिकित्सक र कुरुवासँग सम्वाद गरेका छन् । केही समय अघि निमाेनियाका कारण अस्पताल भर्ना भएका पाैडेल पूर्ण स्वस्थ नहुँदै सार्बजनिक कार्यक्रममा सहभागी भएका थिए ।

Advertisement

कमजाेरी हुँदा हुँदै विभूषण वितरण समाराेहमा चार पाँच घण्टा उभिएका पाैडेल साेही कारण विरामी बनेकाे हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया