नमुना आमा समूहको पात्रो सार्वजनिक

समाधान संवाददाता २०८० वैशाख ११ गते १२:२०

पोखरा ।
पोखरा ६ बैदाममा रहेको नमुना आमा समूहले नेपाली नयाँ वर्षको अवसरमा प्रकाशन गरेको भित्तेपात्रो आइतबार सार्वजनिक गरिएको छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पात्रो लोकार्पण गरेका हुन् ।

उनले २०७९ सालमा देशले आर्थिक लगायत धेरै संकट भोगेको जनाउँदै नयाँ सालमा त्यसबाट मुक्ति मिल्ने अपेक्षा गरे । नमुना आमा समूहकी अध्यक्ष जूना अधिकारीले संस्थाले सरसफाइ, महिलाको क्षमता विकास, आयआर्जन, स्वास्थ्य सामग्री वितरण लगायतका काम गर्दै आएको जनाइन् ।

कार्यक्रममा वडा सदस्यहरु दीपेन्द्र पहारी, पवित्रा थापा र शोभा जलारी, वासु बराल, सल्लाहकार गणेश पहारी, निवर्तमान अध्यक्ष अम्बिका अधिकारी, संस्थापक अध्यय मिठुदेवी अधिकारी, सल्लाहाकार नर्मला कँडेल, लीलाधर अधिकारी र तारादेवी पहारी, उपाध्यक्ष सकुन्तला अधिकारी, सचिव अम्बिका पहारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया