स्पोर्ट्स अवार्डको तयारी तीव्र

समाधान संवाददाता २०८० वैशाख ११ गते १२:३९

पोखरा ।
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९ को तयारीमा तीव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन कार्यक्रमलाई भव्य बनाउन गठन भएको मुल आयोजक समिति तथा १३ उपसमितिले आफ्नो जिम्मेवारी अनुसारका काम अघि बढाएको मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

Advertisement

२३ गते शनिबार पोखरा सभागृह हलमा हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले जानकारी दिए ।

मञ्चले मंगलबारसम्ममा ४ विधाको नोमिनेसन सार्वजनिक गर्ने भएको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीन–तीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ ।

कार्यक्रमका लागि नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड कार्यक्रममा सघाउने भएको छ । अघिल्लो सस्करणको अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कारको प्रायोजन गरेको भूतपूर्व खेलाडी मञ्चले यसपालि २५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

सहारा हङकङले अवार्ड कार्यक्रमका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया