रहेनन् वरिष्ठ मनोरोग विशेषज्ञ डा आचार्य

समाधान संवाददाता २०८० वैशाख ११ गते १२:४५

पोखरा ।
वरिष्ठ मनोरोग विशेषज्ञ लुमेश्वर आचार्यको निधन भएको छ । लामो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काम गरेका आचार्य अवकाशपछि पोखराकै एक निजी अस्पतालमा संलग्न थिए । प्युठान घर भएका आचार्य पछिल्लो समय भने काठमाडौंमा बस्दै आएका थिए ।

मृगौला रोगका कारण उनको निधन भएको उनका साथीहरुले बताएका छन् । डा आचार्य ११ औं तहबाट अवकाश भएका थिए । सुगर, प्रेसरका बिरामी उनको केही समय अगाडि बाइहार्ट सर्जरी पनि गरिएको छ ।

लामो समय सँगै काम गरेका डा बुद्धिबहादुर थापाले डा आचार्य सफल मनोरोग विशेषज्ञ मात्र नभएर कुशल प्रशासकका साथै समाजसेवामा समेत अत्यन्तै रुची राख्ने व्यक्ति रहेको बताए । असल मित्र गुमाउनपर्दा आफूलाई निकै दुख लागेको उनको भनाइ थियो ।

Advertisement

डा रवीन्द्रप्रसाद श्रेष्ठले सँगै पढेको साथीको निधनले आफूलाई मर्माहत बनाएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया