पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा हुने

समाधान संवाददाता २०८० वैशाख ११ गते १७:३४

पोखरा ।
पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा हुने भएको छ । तीन दिनसम्म चल्ने नमुना महासभा पोखराको लेकसाइड हुन लागेको युथ थिंकर्स सोसाइटी (वाइटिएस)का पोखरा अध्यक्ष रिजन ढुंगनाले बताए । उनका अनुसार आउँदो जेठ महिनाको १२, १३ र १४ गते तीन दिनसम्म नमुना महासभा हुनेछ ।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा जान्न सकिने अध्यक्ष ढुंगनाले बताए ।

‘कार्यक्रममा सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् ।’ महासभामा संसारलाई कसरी हेर्ने सकिन्छ सम्पूर्ण जानकारी थाहा पाउन सकिने ढुंगनाले बताए ।

Advertisement

विशेष गरी युवाहरूको नेतृत्व विकास र क्षमता निर्माणमा केन्द्रित गर्छ । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगनाको भनाइ छ ।

सभामा देशभरीका विद्यार्थीहरु प्रतिनिधिहरु आउने उनले जानकारी दिए । जहाँ तीन वटा कमिटी मार्फत विभिन्न एजेण्डमा छलफल हुनेछ । ‘एउटा कमिटीमा २५ देखि ३० जनाको सहभागीता हुनेछ । कुल गरेर एक सय जना उपस्थित हुनुहुन्छ,’ अध्यक्ष ढुंगनाल भने, ‘प्रमुख अतिथि नेपालका लागि अमेरिकन राजदूत डिन आर थोम्सन, मुख्यमन्त्री, मेयर लगायतलाई उपस्थित गराउने हाम्रो योजना छ ।’

Advertisement

सभाबाट संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा जन्न सकिन्छ । विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलनको लागि तयारी गर्दा, आ–आफ्नो बाहेक अन्य देशहरूको प्रतिनिधित्व गराउँछ र सम्बन्धित समितिहरूमा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत हुनेछ ।

उक्त सभा मोडल युनाइटेड नेसन्स (एमयूएन) अन्र्तगत हुने संयुक्त राष्ट्र संघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । जसमा विद्यार्थीहरूले संयुक्त राष्ट्र संघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन् ।

नयाँ सदस्यलाई वाइटिएस पोखरामा स्वागत
युथ थिंकर्स सोसाइटी (वाइटिएस) पोखराले नयाँ सदस्यलाई स्वागत गरेको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा नयाँ १७ जना सदस्यलाई संस्थामा स्वागत गरिएको अध्यक्ष ढुंगनाले जानकारी दिए । २०१६ मा वाइटिएस पोखरा स्थापना भएको हो ।

लमजुङ र चितवनमा पनि शाखा छ । युवाहरुलाई विश्वका नागरिकहरूसँग अन्तक्र्रियात्मक र रमाइलो शैक्षिक अनुभवको माध्यमबाट संयुक्त राष्ट्र संघका मात्र होइन, विश्वव्यापी समस्याहरूको पनि अझ बढी बुझाइ प्राप्त गर्न प्लेटफर्मका रुपमा लिएको उनको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष ढुंगना, सचिव दीपा अधिकारी, कोषध्यक्ष दीपिका पराजुली, कार्यसमिति सदस्य अदित आचार्य र चितवन शाखाकी पूर्व उपाध्यक्ष प्रसून सुवेदीले नयाँ सदस्यलाई संस्थाका बारेमा अभिमूखीकरण दिएका थिए ।

इटिएस पोखराले यसअघि प्रमुख कार्यक्रमहरू मोडल युनाइटेड नेसन्स, पोखरा बोल्छ र पाँच प्रश्न लगायतका कार्यक्रम गर्दै आएको छ । यसले समान क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूसँग उचित सहकार्यका साथ अन्य विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्छ ।

तपाईको प्रतिक्रिया