कौशी खेतीमा जोड
समाधान संवाददाता
२०८० वैशाख १२ गते ११:०८

पोखरा ।
पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि सञ्जालले निशुल्क मल, बिउ तथा विरुवा वितरण गरेको छ । सञ्जालमा आवद्ध झन्डै २ सय किसानलाई मल, बिउ तथा बिरुवा दिइएको हो ।
पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहरी क्षेत्रमा जनघनत्व बढे पनि तरकारी खेतीमा आत्मनिर्भर हुन सके उचित हुने बताए । उनले आयात प्रतिस्थापनमात्र गर्ने नभई अर्गानिक तरकारी सेवनले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
संस्थाका अध्यक्ष बिमला रानाभाटले सानै लगानी र लगनशीलताले घरमै अर्गानिक तरकारी फलाउन सकिने औंल्याइन् ।
संस्थाका सचिव शान्ति भुजेल लगायतले कौशी खेतीका फाइदाबारे चर्चा गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया