प्रचण्डले चुमानलाई भने-गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय भएको छैन

सञ्जय रानाभाट २०८० वैशाख १३ गते १३:४५

पोखरा ।
वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार ढलेपछि नयाँ सरकार गठन हुन सकेका छैन । सत्ता गठनबन्धनमा सामेल कांग्रेस—माओवादीबिच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएपनि सरकार गठन ढिलाइ भएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र मात्र नयाँ सरकार गठन गर्न आह्वान छन् । यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित भएको छैन । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न आह्वान गरेपछि माओवादी कांग्रेस नेतृत्व आफ्नो सरकार बनाउन कसरत गरिरहेको छन् ।

उपधारा दोहोरिए पनि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको भन्दै मंगलबार कांग्रेस नेताहरुले बताएका थिए । उनीहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि सोमबार पोखरा फर्किएको उल्लेख गरे ।

Advertisement

तर, कांग्रेसका नेताहरु डेलिगेसनमा पुगेर फर्केकै दिन मंगलबार माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान काठमाडौं सोझिए । उनले बुधबार प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

नेता चुमान र प्रचण्डले बिच बुधबार बिहान छलफल भएको हो । छलफलमा अध्यक्ष प्रचण्डले गण्डकी सरकार कांग्रेसलाई दिने कुनै पनि निर्णय नभएको बताएका हुन् । प्रचण्डको भनाइ उदृत गर्दै नेता चुमानले भने, ‘अहिले कुन दलले सरकारको नेतृत्व गर्ने टुंगो लागेको छैन । तपाईंहरु हतार नगर्नुहोस् । बुधबार बेलुकासम्म कांग्रेस सभापति ज्यू र मेरो छलफल हुन्छ ।’ नेता चुमानले प्रचण्डसँग के कति कारणले कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय गर्नुभएको भनेर प्रश्न गरेका थिए ।

Advertisement

माओवादीले बुधबार दलको बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न प्रयास गर्ने निर्णय गरेको छ । सोही अनुसार चुमान आफ्नो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न काठमाडौं गएका हुन् । यता, प्रदेश प्रमुख गुरुङले एमाले नेतृत्वको सरकार गठन गर्न प्रयोग भएको धारा दोहोर्‍याएर सरकार गठन आह्वान गरेको भन्दै एमाले सांसदहरु भने असन्तुष्ट बनेका छन् । उनीहरुले प्रदेश प्रमुखले पुन उपधारा दोहोर्‍याउनु सान्दर्भिक र न्यायोचित नभएको तर्क दिँदै आएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया