कार्लमार्क्सका अन्तरंग मित्र एंगेल्स

झपट रानाभाट २०८० वैशाख १४ गते १७:३६

कार्ल मार्क्स र एंगेल्सको बीच यस्तो मित्रता थियो कि,जसको विश्वमा कुनै उदाहरण पाइदैन। मार्क्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो। यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एंगेल्सले नै ज्यादा त्याग ,सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले मार्क्सद्वारा एंगेल्सको लगातार भावनात्मक ,वैचारिक र आर्थिक शोषण पनि भन्थे। तर,जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बूढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो,जसको निश्छ आवेग सधैं बनिरह्यो।

मार्क्सको एंगेल्ससितको पहिलो भेट सन् १८४२ मा पेरिसमा भएको थियो।त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो,जसमा मार्क्स एंगेल्ससित खासै प्रभावित हुनुभएको थिएन। पछि एंगेल्सका केही लेखहरु मार्क्सले अध्ययन गरे। ती लेखहरुमा मार्क्सलाई एक विशेष प्रकारको वैचारिक ताप अनुभव भयो। त्यसपछि मार्क्सले एंगेल्ससित पत्रमित्रता शुरु गर्नु भो। ती पत्रहरुले दुबै जना बीचको परिचयलाई त गहिरो बनायो नै, वैचारिक सहमतिहरुको सिलसिला पनि उत्तिकै रूपमा शुरु भो। सन् १८४४ मा एंगेल्स पेरिसमा मार्क्सकाेमा आएर ९/१० दिनसम्म बस्नुभो। तिनै ९/१० दिन वहाँहरुको सम्बन्धमा निकै महत्त्वपूर्ण सावित भए । ती दिनहरुमा हरेक मुद्दाहरू माथि खुलेर कुराकानी भो। दुबैजनाले एक अर्काको वैचारिक क्षितिज र गहिराइलाई बुझ्नु भो।

सबैखाले सैद्धान्तिक र व्यवहारिक मुद्दाहरु माथि जमेर कुरा भयो,जसले दुबै जनालाई एक (अर्काको नजिक तुल्यायो। दुबै जनाको बीच एक यस्तो बैचारिक तालमेल बन्यो,जुन अगिल्ला कामहरुको आधार पनि बन्यो र अन्तिमसम्म उस्तै चलिरह्यो।

Advertisement

मार्क्स झैं एंगेल्स पनि जर्मन हुनुहुन्थ्यो । वहाँको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन शहरमा भएको थियो। ईगंल्याण्डका मिलहरुमा एंगेल्सका बुवाको साझेदारी थियो।आर्थिक रूपमा एंगेल्स अत्यन्तै वैभवशाली हुनुहुन्थ्यो । एंगेल्सका बुवा पढाइलेखाइ सकाएर छोरालाई आफ्नो ब्यापार ,व्यवसायमा लगाउन चाहनुहुन्थ्यो। बुवालाई छोराको मष्तिष्कमा आएको विचारको उथलपुथलको अनुमान नै थिएन। माद्यामिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एंगेल्सलाई बाहिर पठाइयो।

एंगेल्स ती सबै कुरा गर्न चाहनु हुन्थेन,त्यही पनि सिक्ने त्यो एक मौका थियो,त्यसैले एंगेल्सले त्यो अवसरलाई खेर जान दिनुभएन।

Advertisement

एंगेल्समा निरीक्षण(परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति शुरुदेखि नै थियो। त्यो बानी पछिका वर्षहरुमा झन् बढ्यो। फलस्वरूप वहाँ आफ्नो किशोरवस्थामा नै लेख लेख्न थाल्नु भो। एंगेल्सको अध्ययन जारी मात्र रहेन, झन् झांगियो। कार्लमाक्स झैं वहाँ लगातार पुस्तक र पत्रपत्रिका पढिरहनुहुन्थ्यो, लेखिरहनुहुन्थ्यो । अध्ययन र लेखनका ती सामग्रीहरुमा ,त्यस्ता किताबहरु पनि सामेल हुन्थे, जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो। एंगेल्सले सैनिक शिक्षा समेत हासिल गर्नुभएको थियो। झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्लमाक्स र एंगेल्सका सैनिक मामिला सम्बन्धि लेखनमा ठूलो मद्दत गरेको थियो।

कार्लमाक्स झैं एंगेल्सले पनिू राईन समाचारू पत्रका लागि लेख्न शुरु गर्नुभो र महत्त्वपूर्ण मुद्दामाथि समर्थन वा विरोधमा लेख लेख्न थाल्नुभो। एंगेल्सको सोच पनि परिवर्तनकामी ,अन्याय, अत्याचार र शोषण विरोधी थियो। मार्क्स र एंगेल्स एकअर्कामा परिचित र हेलमेल भैसकेपछि दुबै जनाको सहविचार यात्रा आरम्भ भयो। दुबैजना तीव्रतापूर्वक वैचारिक रुपले एक अर्काको नजिक हुनुभो। दुबै जना मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न शुरु गर्नुभयो।

वास्तवमा एंगेल्स गम्भीर प्रकृतिका व्यक्तित्व र एक गम्भीर अध्येता पनि हुनुहुन्थ्यो । सानो उमेरमै एंगेल्सले धेरै किताबहरु पढिसक्नुभएको थियो। एंगेल्स २० वटा भाषाका ज्ञाता हुनुहुन्थ्यो । त्यति धेरै भाषाहरुको जानकारीले स्वभाविक रूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्लमाक्सको लेखनमा पनि एंगेल्सको बहुभाषा ज्ञानले ठूलै मद्दत पुर्‍यायो।

मजदुरको मुक्तिको सपना मार्क्सकाे झैं एंगेल्सको आँखाको पनि एकमात्र सपना थियो,यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एंगेल्स निरन्तर लागेको पाइन्छ।

मित्रताको आरम्भका वर्षहरुमा मार्क्स र एंगेल्स दुबै जनाले एक्लाएक्लै बस्नु परेको थियो। पछि एंगेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि मार्क्सले त्यसलाई वरदान ठान्नुभो। एंगेल्स मार्क्सको एक अत्यावश्यक भाग जस्तै हुनुहुन्थ्यो । यथार्थमा कार्लमार्क्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एंगेल्सको भरपूर उपयोग गर्नुभो। एंगेल्स मार्क्सको प्रतिभाबाट शुरुदेखिनै प्रभावित हुनुहुन्थ्यो । एंगेल्स कार्लमाक्सको अध्ययन ,तर्क,विश्लेषण र विचारदृष्टिका प्रशंम्सक हुनुहुन्थ्यो । एंगेल्सले यसलाई खुलेआम स्वीकार्नुभएको थियो। मार्क्सको त्यो प्रतिभा फक्रीन र आफ्नो क्षमता सिद्द गर्नमा एंगेल्सले वास्तव मै उल्लेखनीय सहयोग गर्नुभो।

गम्भीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एंगेल्स एक उत्कृष्ट संगठनकर्ता समेत हुनुहुन्थ्यो । जर्मनी ,फ्रान्स, ईङ्ग्ल्याण्ड, बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना विकसित गर्ने र तिनीहरूलाई संगठित गर्ने काम एंगेल्सले गर्नुभो। कार्लमाक्स सँगै वहाँ पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लाग्नुभएको थियो। मजदुरको मुक्तिको सपना मार्क्स झैं एंगेल्सको आँखाको पनि एकमात्र सपना थियो,यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एंगेल्स निरन्तर लागेको पाइन्छ। संगठनको प्रत्येक मामिलामा मार्क्स र एंगेल्स एक अर्कामा सहमत हुनुहुन्थ्यो। यद्यपि एंगेल्स मार्क्सका सबै दिशानिर्देशहरुलाई मान्नुहुन्थ्यो। एंगेल्सले संगठन भित्र मार्क्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैं पनि लड्नुभो।

लण्डनमा स्थायी रुपले बस्न थालेपछि कार्ल र एंगेल्सको नियमित भेटघाट हुन थाल्यो। एंगेल्स पहिले पनि सामान्यतया: मार्क्स परिवारको पाहुना हुने गर्नुहुन्थ्यो। ती दिन पूरै मार्क्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे। फर्केर गएपछि दुबैजना पत्राचारको माध्यमबाट एकार्कासित जोडिएर रहनुहुन्थ्यो। ती पत्रहरु खासमा विचार विनिमयको साधन हुन्थे। कार्लमार्क्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे।

एंगेल्सको आर्थिक अवस्था आफ्ना बुवाको व्यापार (व्यवसायको कारणले शुरुदेखिनै निकै राम्रो थियो। एंगेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग मार्क्सलाई सहयोग दिनमा गर्नुभो। एंगेल्सका कुनै सन्तान थिएनन् । वहाँकी जीवन संगीनीको मृत्यु धेरै पहिल्यै भएको थियो। एंगेल्स नीजि पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको जरुरत महसुस गर्नुभएकोहुन्थ्यो तर मार्क्स एंगेल्सका प्रत्येक दर्दमा जान सक्नुहुन्थेन।

एंगेल्सको जीवनको सबैभन्दा ठूलो योगदान मार्क्सलाई गरिएको वहाँको मद्दत थियो। कार्लमार्क्स जीवनभर आर्थिक आधीमा फसिरहनुभो। कार्लको पूरै जिन्दगी समस्याग्रस्त रह्यो। आपतकालीन दिनमा नै एंगेल्स कार्लमार्क्सको सबैभन्दा ठूलो सहयोगी सावित हुनुभयो, जिन्दगीभर आफ्ना मित्रलाई मद्दत पुर्‍याइरहनु भयो। कार्लमार्क्सको सिंगै परिवार समस्यामा फसेपछि एंगेल्स कुनै भगवान वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुनुहुन्थ्यो । पछि त एंगेल्सले कार्लको परिवारलाई नियमित रुपले सहायता पुर्‍याउने सिलसिला शुरु गर्नुभयो। यो सहायताको,यो मद्दतको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन। न त,कहिल्यै हिसाब तिरियो ?

आखिर एंगेल्सले यसरी कार्लमाक्सको किन हिफाजत गर्नुभयो,आखिर मद्दत गर्ने पनि एक हद वा सीमा हुनुपर्थ्यो भन्ने कुरा बुझ्न साह्रो पर्न सक्छ। अर्कोतर्फ कार्लमाक्सको तर्फबाट सोच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परेपनि कुनै व्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छरु आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ।

यदि मार्क्स र एंगेल्स बीचको सोच,आत्मीयता र अनन्यताका अन्त सूत्रहरुलाई राम्रोसँग बुझ्ने हो भने सम्पूर्ण कुराहरु आफैं स्पष्ट हुन्छन् । वहाँहरु बीचको मित्रताको पूरै भवन खडा भएको थियो। वास्तवमा वहाँहरु दुबै जनाको मित्रताले एक यस्तो उचाइ हासिल गरेको थियो,जहाँ पुगेर हर किसिमका व्यक्तिगत सम्पत्ति वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाकी रहदैन । यी सबै कुराहरु व्यक्तिगत नातामा मात्र होइन बरु सोच र लेखनको धरातलमाथि वहाँहरुको बीच सबै कुरा साझा थियो।

एंगेल्सको सामयिक मद्धतबाट नै मार्क्सको पूजी जस्तो महान लेखन सम्भव हुनसक्यो। यदि एंगेल्सको त्यस किसिमको सहयोग नमिलेको भए मार्क्स निश्चितरूपमा मर्नुहुन्थ्यो भन्ने लेनिनको भनाइ पनि सहीनै हो। मार्क्स बिरामी भएपछि एंगेल्सले वहाँको उपचार गर्ने व्यवस्था गर्नुभो। उपचार गर्ने मामिलामा मार्क्स केही उदासीन हुनुभो। त्यस्तो अवस्थामा जरुरी हुँदा एंगेल्स कार्लमार्क्ससित रिसाउनु भयो। उपचार प्रति कार्लको लापरबाही देखेर एंगेल्सलाई धेरै रिस उठथ्यो।

आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एंगेल्सले पहिले आफ्नो आयको सही व्यवस्था गर्नुभो। पछि मार्क्सलाई नियमित सहायता दिन थाल्नुभो। कार्लमार्क्सलाईआफ्नो मित्रको त्यो सहयोगको महत्त्व राम्रोसँग थाहा थियो। कार्लले आफ्ना चिट्ठीहरुमा त्यो अमूल्य सहयोगको महत्त्वलाई स्वीकार गर्दै भन्नुहुन्थ्यो (यदि यो सहयोग नमिलेको भए म यता न उताको हुन्थे र मेरो परिवारको त झनै कस्तो दूर्गति हुन्थ्यो होला।)

एंगेल्सले आफ्ना मित्र मार्क्सको परिवारको लागि आफू बाचुन्जेल सहयोग गर्नुभो, त्यतिमात्र हैन, कार्लको मृत्यु पछि पनि निरन्तर कार्लको परिवारलाई सहायता गर्नुभएको थियो। मार्क्सको मृत्यु पश्चात एंगेल्स मार्क्स परिवारको अभिभावक बन्नु भो। त्यसको अतिरिक्त कार्लको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने महत्त्वपूर्ण काम समेत गर्नुभो।

मार्क्सको ज्यान लिने हरेक बेदनाका क्षणहरुमा एंगेल्स बराबर उपस्थित हुनुहुन्थ्यो । चाहे मार्क्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक मौकामा एंगेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गर्नुभयो।

यसरी एंगेल्स मार्क्स परिवारको अनिवार्य अंग बन्नुभएको थियो। कार्ल मार्क्सको पूरै परिवारले एंगेल्सको अपरिहार्य आवश्यकता महसुस गर्थ्यो नै। कार्लमार्क्सकी जीवनसंगीनी जेनीले समेत एंगेल्सको विशेष सम्मान गर्नुहुन्थ्यो । एंगेल्सले पनि जेनीको गाम्भीर्यता, बुद्दिमता र मजदुर आन्दोलनप्रतिको समर्पण ,त्याग,वलिदान र निष्ठाबाट विशेष प्रभावित हुनुहुन्थ्यो । कार्लमार्क्सका छोरीहरुलाई पनि एंगेल्स बराबर दिशानिर्देश गर्नुहुन्थ्यो ।

फ्रेडिक एंगेल्स लण्डन आएपछि दुबैजना सामान्यतया संगै बस्नुहुन्थ्यो। दुबै जनाको घर केही दूरीमा मात्र थियो,प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर सिलसिला चल्थ्यो । ती कुराहरूमा विषयको कुनै सीमा हुदैनथ्यो । राजनीति ,इतिहास ,अर्थशास्त्र ,विज्ञान ,साहित्य ,सैनिक मामिला ,प्रशासन ,मजदुर आन्दोलन आदि तमाम विषयहरुमाथि वहाँहरु दुबै घोत्लिएर छलफल गरी निष्कर्ष निकाक्नुहुन्थ्यो। दुबै जनाले एक अर्काका विचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियो । दुबैजना एक(अर्काको सोचका बराबर भागेदारी हुनुहुन्थ्यो । कार्लमार्क्सले आफ्ना सबै रचनाहरुका महत्त्वपूर्ण मुद्दाहरुमा एंगेल्सको राय सल्लाह लिनुहुन्थ्यो। दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार गर्नुभएको थियो। एंगेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो।

एंगेल्सले मार्क्ससित मिलेर त लेख्नुभएकै थियो ,त्यो बाहेक वहाँले धेरै लेखहरु मार्क्सको तर्फबाट मार्क्सको नाममा पनि लेख्नुभो।

कार्लमार्क्सलाई जुन समयमा न्यूयोर्क डेली ट्रीब्यूनूको लागि लेख्ने काम मिल्यो,त्यस समयमा मार्क्स आफ्नो ग्रन्थ ञपूजीझको लेखनमा ब्यस्त हुनुहुन्थ्यो । मार्क्ससित अखबारको लागि लेख्ने समय थिएन। त्यसैले मार्क्सले आफ्नो तर्फबाट त्यस अखबारमा लेख्न एंगेल्सलाई भन्नुभो,केही दिशाबोध समेत गर्नुभो। एंगेल्सले आफ्नो लेखनलाई रोकेर न्यूयोर्क डेली ट्रीब्यूनमा एक लेखमाला लेख्ने काम गर्नुभो।

मार्क्स र एंगेल्स दुबैले आफू बीच कामको बितरण गर्नुभएको थियो। सैनिक मामिला ,रसायन ,जीव र भौतिक शास्त्र जस्ता विषयहरुमा एंगेल्स पारंगत हुनुहुन्थ्यो । तसर्थ यी बिषयहरुका बारेमा एंगेल्सले मात्र लेख्न सक्नु हुन्थ्यो जब कि,इतिहास ,दर्शन ,अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा मार्क्सको विशेष दखलता थियो। एंगेल्सले मार्क्सको लागि वा मार्क्सको नाममा लेख्नु ब्यवहारिक र बैचारिक दुबै दृष्टिबाट त्यति राम्रो कुरा हैन,बेइमानी हो भन्ने कार्लमार्क्सका आलोचकहरु पनि छन् , तिनीहरूले त्यो बुझेनन् कि कार्ल र एंगेल्स दुबै जना मित्रहरू आखिर एउटै लक्ष्य र उद्देश्यको लागि काम गरिरहनुभएको थियो( मजदुरहरुमा चेतना पैदा गर्ने,उनीहरूलाई संगठित गर्ने,एकजुट पार्ने,पूजीपतिलाई उल्टाइ (पल्टाइ गरेर नयाँ संसार बनाउने लक्ष्य माथि विजयी हासिल गर्ने हो भने त्यस किसिमका आरोपहरु आधारहीन र अर्थहीन हुन् ।

विश्व सर्वहारावर्गीय आन्दोलनका दुई महान दार्शनिक मार्क्स र एंगेल्स दुबै जनाको लेखन नीजि प्रसिद्धि ,नीजि महत्वाकांक्षा वा नीजि सन्तुष्टिको लागि थिएन । वहाँहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहनुहुन्थ्यो । यसकारण वहाँहरुको ( कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किन्चित फरक पर्थेन। त्यसकारण एंगेल्सले मार्क्सको लागि लेखे पनि मार्क्सले एंगेल्सका बिचारहरुलाई आफ्नो काममा बराबर महत्व र स्थान दिनुहुन्थ्यो। मार्क्सले एंगेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउनुहुन्थ्यो भने मार्क्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो एंगेल्स। दुबै मिलेर सारा मानवमुक्तिको सूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गर्नुभएको थियो।

मार्क्सले आफू जीवीत छदा पूजीकाे एकखण्ड मात्र छाप्न सक्नुभएको थियो। बाकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाकी थियो। जेनी मार्क्सको मृत्यु ,कार्ल आफैं रोगी र शारीरिक असक्षमताहरुका कारणले कार्लले शेष काम गर्न सक्नुहुन्न भन्ने एंगेल्सलाई राम्रै हेक्का थियो। मार्क्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो। तसर्थ मार्क्सले सम्पूर्ण सामग्रीहरु एंगेल्सलाई सुम्पनु भयो,किताबको अगाडिको खण्ड तयार गर्नका लागि । मार्क्सका अधूरा काम एंगेल्स बाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा सम्भव थिएन।

एंगेल्सले आफ्नो सम्पूर्ण उर्जाको प्रयोग गरेर ती पाण्डुलिपिहरुलाई ठीक मार्क्सको दृष्टि र सोचनुरुप तयार गर्नुभो। यतिमात्र हैन,मार्क्सपछि मार्क्सका अरु धेरै अप्रकाशित साहित्य एंगेल्सका प्रयासबाटै प्रकाशित हुन सके। एंगेल्स जहिलेसम्म बाच्नुभो, मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लाग्नुभयो नै ,त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्लमार्क्सका अधूरा कामहरुलाई पूरा गर्न उत्तिकै खट्नुभो। मार्क्सको देहावसान पछि एंगेल्स एक्लो हुनुभो तर मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिनु भो। यसकारण मित्र हुनु त कार्लमार्क्स र एंगेल्स जस्तो।

झपट रानाभाट

रानाभाट नेकपा एमाले कास्कीका युवा नेता हुन् । 

तपाईको प्रतिक्रिया