नेवा खल कचा पृथ्वीचोकको नेतृत्वमा रेशमबाबु

समाधान संवाददाता २०८० वैशाख १७ गते १७:१६

पोखरा ।
नेवा खल कचा पृथ्वीचोकको अध्यक्षमा रेशमबाबु श्रेष्ठ चयन भएका छन् । शनिबार भएको १९ औं साधरण सभा, १० औं अधिवेशनले श्रेष्ठलाई चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा उत्सव मुल्मी, सचिवमा कृष्ण मुल्मी, सह सचिवमा मोतीप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद मुल्मी, सह कोषाध्यक्षमा मैया श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा राजिव मुल्मि, श्यामबहादुर श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, बबिता राजभन्दारी, रविन्द्र श्रेष्ठ, बद्री श्रेष्ठ, हरीनारायण बिजुक्चे, कमला श्रेष्ठ, इश्वर श्रेष्ठ, सुनिता पालिखे रहेका छन् ।

Advertisement

अध्यक्ष श्रेष्ठले आफ्नो पहिचान, धर्म, संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । रक्तदान, गाइजात्रा मानव सेवा, अन्य विभिन्न कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, अशोक पालिखे, मिसा पुच कास्कीका अध्यक्ष सङिता बज्राचार्य, ल्याम पुच कास्कीका अध्यक्ष मधुसुधन जोशी, सामुदायिक सेवा केन्द्रका कमल श्रेष्ठ लगायत सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया