सराङकोट सहकारीका कर्मचारीलाई तालिम

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारीले कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकसँगको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापनः नेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो ।
राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डेले तालिममा सहजीकरण गरेका थिए । २०६४ मा स्थापना भएको सहकारीले स्थापनासँगै रेडियो सञ्चालन तथा २०६९ देखि बचत तथा ऋण कारोबार गर्दै आएको छ । संस्थामा ६४ करोड कर्जा लगानी ५५ करोडसहित पुँजी ७ करोड छ । सराङकोटले सदस्य र समुदायमुखी काम गर्दै आएको अध्यक्ष कृष्णबहादुर थापा बताउँछन् ।
पूर्व अध्यक्ष प्रेमबहादुर जिसीले गर्दै सहकारीले दिने सेवामा सेयर सदस्य एक हुनुपर्ने बताए । कार्यक्रममा सहकारी बैंक लेखनाथका प्रमुख सहजकर्ता सन्तोष घिमिरे, सल्लाहकार शोभियतबहादुर अधिकारी, रेडियोका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेत, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, रेडियोका निर्देशक चिन्तामणि बास्तोला, शिक्षा समिति संयोजक जयराम पौडेल, कर्जा समिति सदस्य होमनाथ सिलवाल, व्यवस्थापक सुरेन्द्र थापा, लेखा प्रमुख ईश्वरी श्रेष्ठ, कर्जा शाखा प्रमुख सरिता पोडेल लगायतले बोलेका थिए ।






जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया