पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

समाधान संवाददाता २०८० वैशाख १९ गते ११:०९

पोखरा ।

सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । राजमार्गमा आवागमन १८ घण्टादेखि ठप्प भएको थियो । जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् ।

Advertisement

आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्ने गरेका छन् ।

काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् ।

Advertisement

नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोग लिएर सडक मर्मत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया