
पाण्डवखानी ।
गलकोट १० पाण्डवखानीमा वैशाखे पूर्णिमा मेला भएको छ । घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २५६७ औं बुद्ध जयन्ती तथा ३७ औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले घाँटु नाच र घुम्टे लेकको संरक्षणमा पहल गर्ने बताए । मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा पाण्डवखानीबाट ट्रयाक खोल्न अध्ययन गरिने पौडेलले बताए । प्रदेश सांसद जितबहादुर शेरचनले मेलालाई आर्थिक जीवनमा जोड्नुपर्नेमा जोड दिएका थिए । विकासका गतिविधिलाई सफल पार्ने तथा जनताका आवश्यकता पूरा गर्ने शेरचनले प्रतिवद्धता गरे ।
मेलाले संस्कृति तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने पूर्व सांसद बलावती शर्माले बताइन् । मेलालाई थप व्यवस्थित बनाउनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य नरबहादुर पुन, गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, वडा नम्बर १० का वडाध्यक्ष भक्तबहादुर काउचाले पनि बोलेका थिए ।
कार्यक्रममा भएको खुला युवा वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष भलिबल प्रतियोगितमा आयोजक प्रथम र गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौर दोस्रो भए । उनीहरुले क्रमश १ लाख र ५० हजारका साथमा मेडल र प्रमाण पाए ।
प्रौढ पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ७ मल्म प्रथम र संगम युवा क्लब हरिचौर दोस्रो बने । प्रथम पुरस्कार ५० हजार र दोस्रो पुरस्कार ३० हजारका साथल मेडल र प्रमाणपत्र प्रदान गरियो ।
महिला भलिबल प्रतियोगितामा प्रथम भई म्याग्दीले ५० हजार, मेडल र प्रमाणपत्र पायो भने दोस्रो स्थान प्राप्त गरेको बडिगाड गाउँपालिका ८ रनसिंहकिटेनीले ३० हजार, मेडल र प्रमाणपत्र पायाे ।
सि-लेबल ब्याडमिन्टन प्रतियोगितामा आयोजक समूह प्रथम र वडा नम्बर ३ हटिया दोस्रो भए । उनीहरुले क्रमशः २० हजार र १२ हजारका साथमा प्रमाणपत्र पाए ।
मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन विष्णु काउचाले गरेका थिए ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया