स्टेप बाइ स्टेपका सर्कलहरु पुनर्गठन

समाधान संवाददाता २०८० वैशाख २८ गते १२:५८

पोखरा ।
स्टेप बाइ स्टेप माविले विद्यालयमा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरेको छ । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा रासिका श्रेष्ठ छिन् ।

उपाध्यक्ष, सचिव, सहसचिव कोषध्यक्षमा क्रमश विपिन रावत, आयुष पौडेल, भेनिसा शर्मा र प्रशान्त तिमिल्सिना छन् भने सदस्यमा एलिना रसाइली, आर्यन थापा, लोचना बराल, उत्सव शर्मा र राजन क्षेत्री चयन भएका छन् । शिक्षक नायकको जिम्मेवारी लक्षमण भण्डारीलाई दिइएको छ ।

असिमा तिमिल्सिनको अध्यक्षतामा पुनर्गठित क्वालिटी सर्कलको उपाध्यक्षमा विल्सन न्यौपाने, सचिव ममता गिरी, सहसचिव डेनिसा तिमिल्सिना र कोषाध्यषमा वर्षा सापकोटा चयन भएका छन् । सदस्यमा कृपा भण्डारी, सुविधा लामिछाने, अदिती पराजुली, प्रियास आचार्य, आयुषा लामिछाने, असिम गैरे र रोजित सापकोटा सर्वसम्मत भएका छन् । शिक्षक संंयोजकमा विवेक गौतम छन् ।

Advertisement

ग्रो सर्कलको अध्यक्षमा कोसिस क्षेत्री सर्वसम्मत बने भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषध्यक्षमा क्रमशः साहिल लामिछाने, सदिस्मा पौडेल, सुमित तिमिल्सिना र रोशन पाठक चयन भए । सदस्यमा अंकिता खड्का, आशीष अधिकारी, वसन्ती बराल, विविषा केसी, उज्ज्वल भट्टराई, विजय बराल र पुकार खड्का चयन भएका छन् । शिक्षक नायकको जिम्मेवारी रुपेश पौडेललाई दिइएको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले, सर्कलको नेतृत्वमा रहेर कार्य गरी नेतृत्व विकास गर्न, सामाजिक सेवाको भावना विकास गर्न र अत्मवल अभिबवद्धि गर्न सकिने औंल्याइन् । उनले विद्यार्थीलाई इमान्दार र लगनशील भई सुन्दर भविष्य निर्माणमा लाग्न आग्रह गरिन् ।

Advertisement

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थीको चौतर्फी उन्नतिका लागि यस्ता सर्कलको निर्माण गरिएको र विद्यार्थीले आफ्नो काम र कर्तव्य पूरा गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल दीपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले पनि बोलेका थिए । कार्यक्रममा सर्कलहरुले गत वर्ष गरेका गतिविधि र आउने वर्षका योजनासमेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया