गीत प्रेसको शताब्दी वर्ष

समाधान संवाददाता २०८० वैशाख २९ गते १२:१७

पोखरा ।
गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महात्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको छ । गीताप्रेस शताव्दी वर्ष महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पूजा एवं प्रसाद वितरण गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नै अयुतचण्डी महायज्ञमा आएका पण्डित एवं भक्तजनलाई प्रसाद स्वरुप कल्याण, मानवमात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताहरुको सहयोगमा निःशुल्क वितरण गरिएको हो । सो अवसरमा मंगलबार माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरी सुरु गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी पनि उपस्थित थिइन् । गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपाल अध्यक्ष जय किसन सारडाले गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा सुरु भएको पुराणहरुको अनुवादबारे प्रकाश पारे ।

Advertisement

तपाईको प्रतिक्रिया