गाउँफर्कमा सिद्धार्थ क्लबको सहयोग

समाधान संवाददाता २०८० वैशाख २९ गते १३:३२

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित गाउँफर्क आधारभूत विद्यालयमा स्टेसनरी वितरण गरेको छ ।

कार्यक्रममा रुपा ५ की वडा सदस्य मीना कुँवरले क्लबले गर्दै आएको सहयोगले अभिभावकलाई विद्यार्थीको पठनपाठन बनाउन र विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने बताइन् ।

उनले विद्यालयलाई वडा कार्यालय बाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाइन् । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठले क्लबको सहयोगले विद्यालयमा विद्यार्थीको नियमितता वृद्धि हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुनेमा विश्वास व्यक्त गरे ।

Advertisement

क्लबका निर्देशक विनोदप्रसाद श्रेष्ठले क्लबले बाल, शैक्षिक, महिला र वातावरणका क्षेत्रका कार्यक्रम गर्दै आएको जनाए ।

शिक्षक अभिभावक संघ अध्यक्ष पुननारायण श्रेष्ठले सरकारी विद्यालयमा शैक्षिक गुणस्तरको वृद्धि गर्न विद्यालय प्रतिवद्ध रहेको जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तर कुमार जोशी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुंगानाले क्लबको सहयोग विद्यालयलाई महत्वपूर्ण भएको जनाए । उनीहरुले अभिभावकलाई विद्यार्थीको शैक्षिक अवस्थाबारे सक्रिय रुपमा जानकारी लिन र सरकारी विद्यालयलाई माया गरिदिन अनुरोध गरे ।

Advertisement

कार्यक्रममा ३९ विद्यार्थीका लागि आवश्यक कापी, पेन्सिल, इरेजर, कटर, लगायतका शैक्षिक सामग्री, सहयोग गरिएको थियो ।

क्लबका सचिव रवि मर्सानी र प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले पनि कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया